काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ प्रधानमन्त्री चयन प्रक्रिया सुरु गर्नु मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र भएको बताएका छन् ।
नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी ओलीले विश्वासको मत नलिई वा राजिनामा नगरी धारा ७६/५ लागु गर्नु राष्ट्रपतिले गलत गरेको बताएका हुन्।
त्यस्तै उनले प्रधानमन्त्री र राष्ट्रपतिले संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र गरेको समेत आरोप लगाए ।
राष्ट्रपति भण्डारीले शुक्रबार साँझ ५ बजेभित्र ७६ (५) अनुसारको नयाँ सरकार गठनका लागि आह्वान गरेसंगै कांग्रेसले प्रतिक्रिया जनाएको हो ।
संविधानको धारा ७६/३ अनुसार नियुक्त प्रधानमन्त्री केपी ओलिले विश्वासको मत नलिई वा राजिनामा नगरी धारा ७६/५ लागु गर्नु र सो अनुरुप राष्ट्रपति अगाडि बढ्नु संविधानको धज्जी उडाउनु मात्र नभई प्रधानमन्त्री र राष्ट्रपतिको संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र हो।
— Dr Shekhar Koirala (@Shekharnc) May 20, 2021