जसपाले आफ्ना सांसदहरूलाई दियो यस्तो निर्देशन

जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउने मनस्थिति बनाइसकेको हुनाले सांसदहरुलाई काठमाडौं छाडेर नजान निर्देशन दिएको छ । आज सिंहदरबारमा जसपाका अध्यक्ष ठाकुर पक्षको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सो निर्देशन दिएको हो ।

बैठकमा पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलबारे अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले ब्रिफिङ गरेका थिए । माओवादी केन्द्र र नेपाली काँग्रेसले जसपा नेपालको नेतृत्वमा सरकार बनाउन नमान्ने र मधेशको माग पनि पुरा नगर्ने तर प्रधानमन्त्री अ‍ोलीले मधेशको माग पुरा गरिरहेको हुनाले उनैलाई समर्थन गर्नु उचित हुने नेता महतोको धारणा थियो । ‘

‘काँग्रेस–माओवादीले केही गर्न पनि नसक्ने, अरुले गर्दा त्यसको विरोध पनि गर्ने त्यो हुँदैन,’ महतोको भनाइ उद्धृत गर्दै एक सांसदले भने, ‘जसले मधेशको माग पूरा गर्छ त्यसलाई हाम्रो समर्थन हुन्छ । त्यसका लागि तपाईंहरु पनि तयार रहनु होला, जतिखेर पनि तपाईंहरुलाई बोलाइन्छ ।’

महतोले भने, ‘सरकारलाई समर्थन गर्नुपर्यो भने प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने हो नभए तटस्थ बस्नुपर्छ । दुवै विकल्पमा जसपा जानसक्छ ।’

सत्ता समीकरणका लागि जुनसुकै निर्णय गर्नुपर्दा अध्यक्ष ठाकुरले निर्णय लिन सक्ने गरी उनलाई जिम्मेवारी दिएको छ ।

सिफारिस

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायजस्ता विषयमा गहिरो अनुसन्धान र खोज पत्रकारिता गर्न चाहने पत्रकारहरूलाई लक्षित गर्दै बारबरा फाउन्डेसनले...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य सम्पादन गरेको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघले मध्यपुर थिमि नगरपालिकालाई "मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डू लिजेन्ड्स परिवारद्वारा जिरी नगरपालिकामा 'जिरी मेनिया २०२५' नामक भव्य कार्यक्रम आयोजना हुने भएको छ।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

धेरै पढिएको