नेपाल र खनालसहित ११ नेतालाई स्पष्टीकरण सोध्ने, बाँकी १५ नेतालाई किन सोधिएन ?

एमालेले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै हस्ताक्षर गरेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ सांसदलाई कारबाही अगाडि बढाउन स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

खनाल–नेपाल पक्षका नेताहरूले प्रधानमन्त्री केपी ओलीको यो कदमले पुनः संसद् पुनस्र्थापनाको सम्भावना बढाएको बताएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको स्थायी कमिटी बैठकले वरिष्ठ नेता नेपाल र खनालसहित ११ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

स्पष्टीकरण मागिएका संघीय सांसद झलनाथ खनाल, माधव नेपाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरु । उनीहरूमध्ये नेपाल, खनाल र रावलबाहेक सबै सांसद समानुपातिक सूचीका रहेका छन् ।

स्पष्टीकरण नसोधिएका सांसदहरूमा पवित्रा निरौला खरेल, भवानी खापुङ, गणेश पहाडी, यज्ञराज सुनुवार, विरोध खतिवडा, कृष्णलाल महर्जन, जीवनराम श्रेष्ठ, नारायण खतिवडा, घनश्याम भुसाल, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, मेटमणि चौधरी, झपट रावल र सुरेन्द्र पाण्डे छन् ।

उनीहरूमध्ये खरेल, पहाडी, खतिवडा, भुसाल, विष्ट, सुरेन्द्र पाण्डे र भट्टले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको सार्वजनिक रूपमै बताइसकेका छन् । उता, सोमप्रसाद पाण्डे र यज्ञराज सुनुवारले पनि नेपाललाई प्रधानमन्त्री बनाउने सर्तमा मात्र हस्ताक्षर गरिएको जानकारी गराएको बालुवाटार स्रोतको दाबी छ ।

सिफारिस

सर्वोच्चमा आज कुलमान र हितेन्द्रको पेसी : न्याय कसको पक्षमा जाला ?

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र हालै नियुक्त भएका हितेन्द्रदेव शाक्यबीचको कानुनी लडाइँ सर्वोच्च अदालतमा प्रवेश गरेको छ। बिहीबार...

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको छ । इण्डियन इनर्जी एक्सजेञ्जबाट थप...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदन पनि सर्वोच्च अदालतमा दर्ता भएको छ। यसअघि निवेदनको ढाँचा नमिलेको भन्दै सच्याउन पठाइएकोमा,...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

धेरै पढिएको