काठमाडौं – प्रधानमन्त्री केपी ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार पत्रकारसँंगको अन्तरक्रियामा बोल्दै ओलीले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिएका हुन् ।
खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको उनको भनाइ छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकेकी छन् ।
नेपालमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड र भेरोसेल खोप लगाइएका छन् । अहिलेसम्म २१ लाख १३ हजार ८० जनाले खोपको दोस्रो र पाँच लाख १४ हजार २५३ जनाले पहिलो मात्रा लगाएका छन् ।रासस