एमाले नेता गाैतमद्वारा रामेछापमा स्वास्थ्य सामग्री वितरण

रामेछाप – नेकपा एमाले रामेछापका नेता रत्नप्रसाद गाैतमकाे सहयोगमा जिल्लाका जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्री वितरण गरिएकाे छ ।
नेता गाैतमले विश्वभर महामारीकाे रुपमा फैलिएको नयाँ भेरियन्ट सहितकाे काेराेना भाइरस संक्रमितकाे उपचारमा अावस्यक पर्ने अक्सिजन सहित विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ । उक्त सामग्री जिल्ला स्थित काेराेना संकट व्यवस्थापन समितिका संयाेजक तथा प्रमुख जिल्ला अधिकारी गाैलचन सैजुलाई एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ र सचिव पुरुषोत्तम कडरियाले मंगलबार हस्तान्तरण गरिएका हुन् । सहयोगमा प्राप्त सामग्रीहरुमा ६० थान अक्सिजन सिलिन्डर ,पाँच सय ५५ थान पिपिई सेट , तीन सय थान एन्टिजेन्ट किट , ५० थान अक्साेमिटर ,र दुई सय थान एन-९५ मास्क रहेकाे छ।

हस्तान्तरण गरिएको ६० थान अक्सिजनमा ५० थान जिल्ला अस्पताल रामेछापमा र बाँकी दस थान आवश्यकताका आधारमा अन्य ठाउँमा पठाइने एमाले रामेछापका सचिव पुरुषोत्तम कडरियाले बताउए । सचिव कडरियाका अनुसार पाँच सय ५५ थान पिपिई सेटमा २२२ थान जिल्ला अस्पताललाई ,६० थान एम्वुलेन्स तथा सववहान चालकलाई ,५० थान तामाकोशी अस्पताललाई ,५० थान नेपाली सेनालाई ,३० थान नेपाल प्रहरीलाई,१५ थान शसस्त्र प्रहरीलाई र १२८ थान जिल्लाका सवै वडामा कार्यरत स्वास्थ्यकर्मीका लागि दुई/दुई थान वितरण गरिने छ । त्यसैगरि ३०० थान एन्टिजेन्ट परीक्षण किटमा २०० थान जिल्ला अस्पताललाई र १ सय थान लिखुतामाकोशी गाउँपालिकामा विरतण गरिने छ भने ५० थान अक्सिमिटरमा २० थान जिल्ला अस्पतालाई ,दस थान प्राथमिक स्वास्थ्य केन्द्रलाई ,दस थान तामाकोशी अस्पताललाई र दस थान जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रमा रहनेगरी वितरण गरिने सचिव कडरियाले जानकारी दिए ।

सिफारिस

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको छ । इण्डियन इनर्जी एक्सजेञ्जबाट थप...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदन पनि सर्वोच्च अदालतमा दर्ता भएको छ। यसअघि निवेदनको ढाँचा नमिलेको भन्दै सच्याउन पठाइएकोमा,...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको छ। उक्त निर्णयका पछाडि विभिन्न प्रशासनिक, कानुनी, नीति-नियम...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

धेरै पढिएको