एमाले नेता गाैतमद्वारा रामेछापमा स्वास्थ्य सामग्री वितरण

रामेछाप – नेकपा एमाले रामेछापका नेता रत्नप्रसाद गाैतमकाे सहयोगमा जिल्लाका जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य सामग्री वितरण गरिएकाे छ ।
नेता गाैतमले विश्वभर महामारीकाे रुपमा फैलिएको नयाँ भेरियन्ट सहितकाे काेराेना भाइरस संक्रमितकाे उपचारमा अावस्यक पर्ने अक्सिजन सहित विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको छ । उक्त सामग्री जिल्ला स्थित काेराेना संकट व्यवस्थापन समितिका संयाेजक तथा प्रमुख जिल्ला अधिकारी गाैलचन सैजुलाई एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठ र सचिव पुरुषोत्तम कडरियाले मंगलबार हस्तान्तरण गरिएका हुन् । सहयोगमा प्राप्त सामग्रीहरुमा ६० थान अक्सिजन सिलिन्डर ,पाँच सय ५५ थान पिपिई सेट , तीन सय थान एन्टिजेन्ट किट , ५० थान अक्साेमिटर ,र दुई सय थान एन-९५ मास्क रहेकाे छ।

हस्तान्तरण गरिएको ६० थान अक्सिजनमा ५० थान जिल्ला अस्पताल रामेछापमा र बाँकी दस थान आवश्यकताका आधारमा अन्य ठाउँमा पठाइने एमाले रामेछापका सचिव पुरुषोत्तम कडरियाले बताउए । सचिव कडरियाका अनुसार पाँच सय ५५ थान पिपिई सेटमा २२२ थान जिल्ला अस्पताललाई ,६० थान एम्वुलेन्स तथा सववहान चालकलाई ,५० थान तामाकोशी अस्पताललाई ,५० थान नेपाली सेनालाई ,३० थान नेपाल प्रहरीलाई,१५ थान शसस्त्र प्रहरीलाई र १२८ थान जिल्लाका सवै वडामा कार्यरत स्वास्थ्यकर्मीका लागि दुई/दुई थान वितरण गरिने छ । त्यसैगरि ३०० थान एन्टिजेन्ट परीक्षण किटमा २०० थान जिल्ला अस्पताललाई र १ सय थान लिखुतामाकोशी गाउँपालिकामा विरतण गरिने छ भने ५० थान अक्सिमिटरमा २० थान जिल्ला अस्पतालाई ,दस थान प्राथमिक स्वास्थ्य केन्द्रलाई ,दस थान तामाकोशी अस्पताललाई र दस थान जिल्ला स्तरीय कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्रमा रहनेगरी वितरण गरिने सचिव कडरियाले जानकारी दिए ।

सिफारिस

गौरीशंकर सुपर लिग: हिमालयन, एन्जल्स र वन डे क्रिकेट एकेडेमीको जीत

गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा मा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुर लाई १८ रनले पराजित गरेको...

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु भएको छ। युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्यले...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल देखिएको छ। जात्राको उत्साहसँगै शहरभरि जताततै धिमे बाजा बजेको सुन्न र देख्न पाइन्छ। तीमध्ये विशेषगरी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल...

राजनीतिक प्रतिशोधको निशानामा दीपक खड्का, कानुनी प्रक्रियामाथि प्रश्न

काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक...

श्रममन्त्री साहलाई प्रधानमन्त्री बालेनले किन गरे बर्खास्त ?

प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार...

प्रधानमन्त्री बालेन्द्र शाह द्वारा अधिकृत क्याडेटहरूलाई आयुक्त पद प्रदान (तस्वीरहरू)

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह ले भक्तपुरको खरिपाटीस्थित नेपाली...

सिंहदरबारमा प्रधानमन्त्री बालेनले गरे एकैपटक १७ देशका राजदूतसँग संवाद (तस्वीरहरू)

काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत...

धेरै पढिएको