पूर्व प्रदेश प्रमुख मल्लको कोरोनाबाट निधन

सुदूरपश्चिम प्रदेशका पहिलो प्रदेश प्रमुख मोहनराज मल्लको उपचारको क्रममा निधन भएको छ । लामो समयदेखि निमोनियाको उपचार गराइरहेका मल्लको कोरोना संक्रमणका कारण निधन भएको हो ।

उनको काठमाडौँस्थित निदान अस्पतालमा उपचाररत मल्लको आज बिहान ७ बजेतिर निधन भएको मल्लका तत्कालीन स्वकीय सचीव धनसिंह साउदले जानकारी दिए ।

चार दशकभन्दा अघिदेखि कैलालीमा राजनीति गर्दै आएका मल्ल राष्ट्रिय पञ्चायत सदस्य हुँदै नेपाली कांग्रेसका महासमिति सदस्य समेत भएका थिए ।

बि.सं २०३७–२०४६ सम्म राष्ट्रिय पंचायतका सदस्य भएका थिए । २१ वर्षको उमेरबाट राजनीतिमा लागेका मल्लले २०२८ सालमा डोटी बोगटान अन्तर्गत पण्डौन गाँउ पञ्चायतको प्रधानपञ्च, २०३२ सालमा कैलाली जिल्ला पञ्चायतको उपसभापति, २०४५ सालमा टीकापुर विकास समितिको अध्यक्ष , ०५२ सालमा परराष्ट्र मन्त्रालयको सल्लाहाकार र त्रिभुवन विश्व विद्यालयको सभासद भएका थिए ।

पञ्चायत र पछिका दिनमा राप्रपाको राजनीति गरेका मल्ल २०७० सालको दोस्रो संविधानसभा अघि नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । कैलालीको भजनी नगरपालिका –१ मा जन्मेका मल्ल त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर हुन ।

उनले स्नातकोत्तरमा प्रथम श्रेणीमा प्रथम भएर महेन्द्र भुषण पदक पनि पाएका थिए । उनले विद्यालय, प्रमाणपत्र र स्नातक तहको अध्ययन भारतको उत्तरप्रदेश राज्यको लखनउबाट पुरा गरेका थिए । मल्लका १ छोरा र १ छोरी छन् ।

सिफारिस

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायजस्ता विषयमा गहिरो अनुसन्धान र खोज पत्रकारिता गर्न चाहने पत्रकारहरूलाई लक्षित गर्दै बारबरा फाउन्डेसनले...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य सम्पादन गरेको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघले मध्यपुर थिमि नगरपालिकालाई "मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डू लिजेन्ड्स परिवारद्वारा जिरी नगरपालिकामा 'जिरी मेनिया २०२५' नामक भव्य कार्यक्रम आयोजना हुने भएको छ।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

धेरै पढिएको