संविधानविदहरूले सभामुख सापकोटालाई दिए यस्तो सल्लाह, बोलाउलान् त संसद ?

काठमाडौं – संविधान विदहरुले सभामुख अग्नि सापकोटालाई प्रधानमन्त्री केपी शर्मा ओलीका गतिविधिमा हस्तक्षप गर्न सुझाएका छन्। प्रधानमन्त्रीलाई संसदप्रति सभामुखले उत्तरदायी बनाउन सक्ने उनीहरुले सल्लाह दिएका हुन्। सापकोटाले संसदको लोत्से हलमा आयोजना गरेको छलफलमा संविधानविदहरुले संसद जनताप्रति उत्तरदायी हुने भएकाले संसद र सभामुखको भूमिका सरकारले के गर्‍यो भन्ने? सूचित गर्नुपर्ने बताएका छन्।

वरिष्ठ अधिवक्ता शम्भु थापाले कानुन नमान्ने जति सरकारमा भए पनि कानुन नमान्नेसँग द्वन्द्व गर्नु आवश्यक नभएको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीर राष्ट्रपति विद्यादेवी भण्डारीले अंकगणित हेरेर संविधान मिच्न नमिल्ने बताए।

‘किचनमा प्रधानमन्त्री र राष्ट्रपति बसेर अंकगणित गरेर खेल खेल्नु भएको हो। यो निर्लज्ज छ,’ उनले भने। सर्वोच्च अदालतले फागुन ११ गते गरेको प्रतिनिधिसभा पुनस्थानको फैसलाको प्रक्रिया नै पूरा नगरी ओलीले विघटन गरेको बताए।

‘अगाडि दिएको फैसलाको प्रक्रिया पूरा नभइ फेरि विघटन गरिदिएको छ। राति उहाँहरु बसेर अर्को कागज सिर्जना गर्ने? कहाँबाट आयो रातारात अर्को कागज?,’ उनले भने।

सभामुख जहिले पनि आवश्यक कदम चाल्छु भनेर तयार भएर बस्नुपर्ने उनले सुझाव दिएका थिए।

यस्तै, अधिवक्ता टीकाराम भट्टराईले सभामुखले संसद अधिवेशन बोलाउनका लागि राष्ट्रपतिलाई आह्वान गर्नसक्ने बताए। उनले सभामुखलाई प्रधानमन्त्री र राष्ट्रपतिले संविधान नमानेको भनेर संविधान नमान्न छुट नभएको तर्क गरे। तर, संविधानले दिएको भूमिका भने सभामुखले निभाउनुपर्ने बताए।

‘संविधानले दिएको भूमिकाबाट पनि भाग्न सक्नुहुन्न। अहिले संविधानभित्र गएर भूमिका निभाउने अधिकार तपाईँलाई छ। फागुन ११ को फैसलामा कसैको लहडमा संसद विघटन हुन सक्दैन भनेको छ,’ उनले भने।

उनले कसैले पनि प्रतिनिधिसभा मार्न नसक्ने बताए।

‘संविधानसभाले बनाएको संविधान कसैले मार्न सक्दैन। अदालतले नै संसद मार्न सक्दैन भनेपछि अब मार्ने को छ यहाँ?,’ उनले प्रश्न गरे।

संविधानको धारा १ सय १९ को ३ लाई ७६ सँग जोडेर हेर्नुपर्ने उनको भनाई छ।

‘प्रत्यक वर्ष जेठ १५ मा बजेट ल्याउनुपर्छ भनेको छ। त्यसैले हर हालतमा जेठ १५ मा प्रतिनिधिसभा जिवित हुनुपर्छ,’ उनले भने। सभामुखले संविधानको धारा १०३ लाई उदृत गर्दै बजेट प्रयोजनका लागि प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गर्नुपर्ने भट्टराईको तर्क छ।

‘सर्वोच्च अदालतलाई उदृत गर्दै, संविधानको धारा १ सय ३ लाई उदृत गर्दै सभामुखले राष्ट्रपतिलाई प्रतिनिधि सभाको वैठक आह्वान गर्न सिफारिस गर्नुपर्छ,’ उनले भने।

संविधानविद भीमार्जुन आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधानमा घात भएको बताउँदै संसद र प्रतिपक्षी त्यसमा मुकदर्शक रहेको टिप्पणी गरे।

‘प्रधानमन्त्री र राष्ट्रपतिले संविधानमा जुन घात गर्नुभो। त्यो सबैभन्दा ठूलो अपराध हो। त्यो राष्ट्रघात हो,’ उनले भने, ‘संसद र प्रतिपक्ष त्यसप्रति मुकदर्शक भएकोमा मलाई आपत्ति छ।’

अहिले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि जालझेल गरेको बताउँदै त्यसमा प्रतिपक्ष र संसदले रोक्न सक्ने उनको तर्क थियो।

सिफारिस

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायजस्ता विषयमा गहिरो अनुसन्धान र खोज पत्रकारिता गर्न चाहने पत्रकारहरूलाई लक्षित गर्दै बारबरा फाउन्डेसनले...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य सम्पादन गरेको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघले मध्यपुर थिमि नगरपालिकालाई "मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डू लिजेन्ड्स परिवारद्वारा जिरी नगरपालिकामा 'जिरी मेनिया २०२५' नामक भव्य कार्यक्रम आयोजना हुने भएको छ।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

धेरै पढिएको