रामेछाप – नेपाल प्रेस युनियन रामेछापद्वारा नेपाल पत्रकार महासंघ रामेछाप शाखाले स्थापना गरेको पत्रकार संकट ब्यवस्थापन कोषलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । आज आफ्नो ३० औँ स्थापना दिवसको अवसरमा युनियनले ६५ हजार १ सय ७० रुपैया महासंघको कोषमा जम्मा गरेको हो।
रामेछाप प्रेस युनियनमा आवद्ध अग्रज लगायत अन्य व्यक्तिहरूबाट स्वतःस्फुर्त संकलन गरेको ६५ हजार १ सय ७० रुपैया महासंघको कोषमा जम्मा हुने गरि संस्थागत रुपमा हस्तान्तरण गरिएको प्रेस युनियन रामेछापका अध्यक्ष अप्रिल अधिकारीले जानकारी दिए ।
अध्यक्ष अधिकारीले सो रकम जुटाउनका योगदान गर्नु हुने अग्रजसहित सबै धन्यवाद ज्ञापन गरेका छन् । ‘हाम्रो सानो सानो सहयोगले भोलि कसैको संकट टर्न सक्छ । त्यसैले सम्पुर्ण सन्चारकर्मी साथीहरुलाई समेत सहयोग गर्न अनुरोध समेत गर्दछु;’ उनले भने ।