एमाले नेताले रामेछापमा वितरण गरेकाे एन्टिजिन किट मान्यताहीन

रामेछाप – नेकपा एमाले रामेछापले गत मंगलबार जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र मार्फत विभिन्न पालिका र स्वास्थ्य संस्थाका लागि सहयोगक रुपमा वितरण गरेएकाे १ हजार थान एन्टेजिन किट मान्यता प्राप्त नगरेकाे पाइको छ । उक्त किट विश्व स्वास्थ्य संगठन सहित नेपाल सरकारले मान्यता दिएको २० वटा किटको लिष्टमा नरहेको पाइएको हाे ।

जिल्लामा कोरोना परिक्षणका लागि किट अभाव हुन थालेपछि सहयोगका लागि भन्दै जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रलाई उपलब्ध गराएकाे किट तत्कालै सम्बन्धित निकायमा पठाएको थियो । गाउँमा किट अभाव भएको बेला किट आएपछि धमाधम परिक्षण थालिएकाे थियाे । परिक्षणमा संलग्न स्वास्थ्यकर्मीहरुले गुणस्तरमा शंका व्यक्त गरेपछि वास्तविकता बाहिरिएको हो ।

गुणस्तरमा शंका उब्जिए पछि सो किटमाथि जिल्ला स्वास्थ्य कार्यलयले अनुसन्धान गरेपछि सो किट मान्यता प्राप्त नगरेकाे पाइएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । किटका विषयमा आवाज उठेपछि तत्काल प्रयोग नगर्न जिल्ला स्वास्थ्य कार्यालयलाई निर्देशन दिइएकाे र उक्त किट प्रयोगमा रोक लगाइ सकिएको प्रमुख जिल्ला अधिकारी गौलचन शैजुले जानकारी दिए । किटका विषयमा अनुसन्धान गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी सैजले जानकारी दिएका छन् । किटको गुणस्तरका विषयमा जानकारी आउना साथ किट प्रयोगमा रोक लगाएर अनुसन्धान थालिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले बताए ।

२०७७ कार्तिक महिनामा इमर्जेन्सीमा आपतकालिन अवस्थामा प्रयोगमा ल्याउन अनुमति दिएको भएता पनि पछिल्लो समयमा उक्त किटले अनुमति नपाएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । अनुमति नै नलिइ औषधि किन चलाएको भनेर बुझ्दा गुणस्तरका लागि प्रक्रियामा रहेको बताएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कर्णले बताए ।

प्रत्येक १ देखि २ महिनामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परिक्षण गराइ अनुमति लिएर विक्री वितरण गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ र प्रयोगशालाले अनुमति दिएको २० वटा किटको लिष्टमा जिल्लामा बाडिएको किट नपरेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । मान्यता प्राप्त किट नभएकाले प्रयोगमा पुर्ण रुपमा रोक लगाइकाे स्वास्थ्य कार्यालयले जनाएको छ । प्रयोग अनुमति नै नपाएको सामग्री सहयोगका नाममा सस्तोमा ल्याएर जनस्वास्थ्य माथि खेलबाड गरिएकाे भन्दै नागरिकले गुनासो गरेका छन् ।

यता नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले ३ महिना अघि अनुमति पाएको भएता पनि पछिल्लो अवस्थामा अनुमति नपाएको भए पनि खराब नै भइ सकेको अवस्था नरहेको बताए । उनले त्यो कुरा आफूहरुलाई जानकारी नभएको र व्यावसायीकै दोष रहेको बताए । उनले तत्काल नयाँ मान्यता प्राप्त किट मगाइ सकिएको पनि बताए । उक्त किट नेकपा एमालेका नेता तथा निर्माण व्यवसायी रत्न प्रसाद गौतमको सहयोगमा नेकपा एमाले रामेछापले जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्रलाई हस्तान्तरण गरेको थियो ।

सिफारिस

विराटनगरमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु

विराटनगर - कोशी प्रदेशको राजधानी विराटनगरमा क्यामरेको लेन्सबाट पर्यटनको कथा लेख्‍न सिकाउने उद्देश्यले मंगलबारदेखि दुई दिवसीय पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ ।...

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुन लागेको दोस्रो संस्करणको एनपीएलको...

फर्पिङमा ऐतिहासिक कार्तिक नाच सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - यस वर्षको फर्पिङ कार्तिक नाच हर्षोल्लासका साथ सम्पन्न भएको छ । हरेक वर्ष कार्तिक शुक्ल चतुर्दशी (बैकुण्ठ चतुर्दशी)को रात श्री सुन्दरी महाँलक्ष्मी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

दोस्रो संस्करणको एनपीएलको खेल तालिका सार्वजनिक

काठमाडौं - नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको...

फर्पिङमा ऐतिहासिक कार्तिक नाच सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - यस वर्षको फर्पिङ कार्तिक नाच हर्षोल्लासका साथ...

मनाङमा हराएका भारतीय पर्यटकको शवलाई सदरमुकाम ल्याउँदै सेना

मनाङ – करिब तीन सातादेखि बेपत्ता रहेका भारतीय पर्यटक...

काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं - काठमाडौं फोटोग्राफर संघको अध्यक्षमा आनन्द प्रभाकर घिमिरे...

दृष्टिविहिन महिला वर्ल्डकप टि-२० क्रिकेटको अम्पायरमा नेपालका रबिन्द्र गुप्ता नियुक्त

नेपाली राष्ट्रिय क्रिकेट अम्पायर रबिन्द्र गुप्ता दृष्टिविहिन महिला टि-२०...

क्रिकेटर शरद भेषावकरले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं - नेपाली क्रिकेटर शरद भेषावकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास...

धेरै पढिएको