नेकपा एमालेका नेता योगेश भट्टराईले सुकेटार विमानस्थलको नाम परिवर्तन गर्नुअगाडि व्यापक छलफल गरी सहमति निर्माण गर्नुपर्ने बताएका छन्।
त्यसै नाम परिवर्तन गर्दा विवाद, विभाजन र अनावश्यक तनावमात्रै झेल्नुपर्ने उल्लेख गरेका उनले सबैसँग छलफल र विमर्श गरिनुपर्ने बताए।
अर्थमन्त्री बिष्णु पौडेलले शनिबार बजेट भाषण प्रस्तुत गर्दै सुकेटार विमान स्थलको नाम रवीन्द्र अधिकारी विमानस्थल हुने बताएका थिए।
यसप्रति संकेत गर्दै आइतबार भट्टराईले फेसवुकमार्फत् सरोकारवालासँग व्यापक छलफल गरिनुपर्ने बताएका हुन्।
‘ताप्लेजुङ् सुकेटार बिमानस्थलका बारेमा, ऐतिहासिक रुपमा कुनै नाम वा विशेषताबाट चिनिएका स्थानहरुको परिचय बदल्नुभन्दा अघि त्यसको आवश्यकता, औचित्यता, सान्दर्भिकता र परिणामका बारेमा स्थानीय सरोकारवाला समूह, जनप्रतिनिधिसहित नागरिक स्तरमा ब्यापक छलफल र बिमर्श गरी सहमति निर्माण गर्नु पर्दछ,’ उनले भनेका छन्, ‘यसरीमात्र सहभागितामुलक लोकतन्त्र बलियो हुनसक्छ। असल काम पनि असल नियत र सहि प्रकृयाबाट गरियो भनेमात्र सहि परिणाममा पुग्न सकिन्छ। अन्यथा बिबाद, बिभाजन र अनावश्यक तनावमात्र झेल्नु पर्दछ।’