काठमाडौँ – कृषि ज्ञान केन्द्र रामेछापले रामेछाप र दोलखामा खाद्यान्न बाली (धान, मकै,गहुँ) को उन्नत बीउ उत्पादन गर्न चाहने कृषकलाई एक सूचना जारी गरेको छ ।
केन्द्रले आगामी दिनमा बीउ उत्पादन गर्न चाहने कृषक/समूह/सहकारी/फर्म/कम्पनी/सामुदायिक बीउ बैंकबाट सूचीकृत हुन आग्रह गर्दै सूचना जारी गरेको हो।
इच्छुक कृषकलाई ३० दिन भित्र ज्ञान केन्द्रमा सूचीकृत हुन अनुरोध गरेको छ ।