काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ राजेन्द्र महतो पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्कासन गरेको छ।
जसपा बाबुराम भट्टराई र उपेन्द्र यादवपक्षले महन्थ तथा राजेन्द्रसहित नेताहरु लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गरेलगत्तै महन्थ–राजेन्द्र पक्षले अध्यक्ष उपेन्द्र यादवलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरेको हो।
जसपा महन्थ–राजेन्द्र पक्षको पार्टी कार्यालयमा बसेको बैठकले उपेन्द्रलाई पार्टीको साधारण सदस्य समेत नगरहने गरी कारबाही गरेको जसपाका एक कार्यकारिणी समिति सदस्यले जानकारी दिए।