रामेछाप – जिल्ला स्तरीय संकट व्यवस्थापन समितिकाे बसेको बैठकले रामेछाप जिल्लामा लागू गरिएकाे निषेधाज्ञालाई जेष्ठ २६ गतेसम्मका लागि निरन्तरता दिने निर्णय गरेकाे छ ।
प्रमुख जिल्ला अधिकारी गाैलाेचन सैजुकाे अध्यक्षमा मंगलबार बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
विश्वभर महामारीकाे रुपमा फैलिएको नयाँ भेरिएन्ट सहितकाे काेराेना भाइरसकाे संक्रमणबाट बच्न तथा फैलिन नदिनका लागि लागू गरिएकाे निषेधाज्ञालाई पुन: जेष्ठ २६ गते बुधबार मध्यरात सम्मका लागि थपिएकाे प्रमुख जिल्ला अधिकारी गाैलाेचन सैजुले जानकारी दिएका छन् ।
निषेधाज्ञामा बिहान ५ देखि ८ बजेसम्म देैनिक उपभाेग्य सामग्रीकाे विक्री वितरण गर्न पाउने भनिएकाे छ । अत्यावश्यक बाहेकका सवारी तथा पैदल यात्रिलाई समेत राेक लगाएको छ ।
हेर्नुहोस् यस्ता छन् नियम