काठमाडौ – नेपाल ट्रेड युनियन कांग्रेसले काठमाडौ महानगरपालिकाको सहयोगमा श्रमिकहरुको निशुल्क पिसिआर परिक्षण गरेका छन् । बिहीवार युनियनले आफ्नै केन्द्रीय कार्यालय अनामनगरमा १०० भन्दा बढि श्रमिकहरुको परिक्षण गरेका हुन् । संक्रमण बढिरहदा श्रमिकहरु प्रत्यक्ष प्रभावित रहेकोले युनियनको सामाजिक उत्तरदायित्व अन्तर्गत विषम परिस्थितिमा श्रमिकलाई केहि सहज बनाउन पिसिआर परिक्षण गरेको ट्रेड युनियन कांग्रेसले जनाएको छ ।
गत वर्ष लकडाउन हुनु पुर्व र शुरु हुने बित्तिकै माक्स, सेनिटाइजर वितरण गर्नुकासाथै श्रमिकहरुलाई कोरोना भाईरसबाट बचाउन विभिन्न सचेतना कार्यक्रम, गन्तव्य सम्म जाने श्रमिकहरुलाई यातायातको व्यवस्था , खाना खाजा खुवाउने र खाद्यान्न सामाग्री वितरण गरेको युनियनले जनाएको छ । ट्रेड युनियन कांग्रेसका अध्यक्ष पुष्कर आचार्यले माग बमोजिम सबैलाई सहयोग गर्न गाह्रो हुने बताउनु हुँदै अनौपचारिक क्षेत्रका श्रमजीवीलाई तत्काल प्रभावकारी राहत प्याकेज ,निशुल्क स्वास्थ्य उपचार र खोपको चाडो व्यवस्था गर्न सरकारसंग माग गर्नुभएको छ ।