प्रधानन्यायाधीश जबराले बोलाएको ‘फुल कोर्ट’ बैठक बस्दै , महत्वपूर्ण प्रशासनिक निर्णयहरु हुने

काठमाडौं – कोरोनाबाट संकुचित सेवा विस्तारलगायतका विषयमा छलफलका लागि आज (शुक्रबार)सर्वोच्च अदालतको पूर्ण बैठक बस्दै छ । छलफलमा २० न्यायाधीश सहभागी हुनेछन् । सर्वोच्च अदालतका सहायक प्रवक्ता देवेन्द्र ढकालले कोभिडबाट संकुचन भएको सेवा प्रवाह व्यवस्थित गर्ने कुरा मुख्य एजेण्डा भएको बताए ।

सर्वोच्चले हाल कोभिडका कारण सार्वजनिक सरोकारका रिट निवेदन, र थुनावा रहेका निवेदनहरुको सुनुवाइ गरिरहेको छ । निषेधाज्ञा लम्बिँदै जाँदा अदालतले सेवा प्रवाहलाई व्यवस्थित गर्नेबारे छलफलका लागि पूर्ण बैठक बस्न लागेको प्रवक्ता ढकालको भनाइ छ ।

‘फुल कोर्ट’को बैठकमा संवैधानिक इजलास गठनसम्बन्धी नियमावली संशोधनको विषय प्रवेश पाउने बुझिएको छ । बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्च अदालत बार एशोसिशनका पदाधिकारीबीच संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन लगायतबारे भएको सहमति भएको थियो ।

सुंवैधानिक इजलास गठनपछि विवाद भएपछि हालै वरिष्ठतम न्यायाधीश रहनेगरि नियमावली संशोधनमा सहमति भएको थियो । उक्त सहमति अनुसार नियमावली संशोधनको प्रक्रिया फूल कोर्टबाट अघि बढ्नेछ ।

आज (शुक्रबार) बस्ने पूर्ण इजलासले सर्वोच्च अदालतले लिनैपर्ने महत्वपूर्ण प्रशासनिक निर्णयहरु हुने बताइएको छ । संवैधानिक इजलासमा संसद विघटनविरुद्ध विपक्षी गठबन्धनका सांसदहरुले दिएका मुद्धामा आइतबार सुनुवाई हुँदैछ ।

यसअघि संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई इजलासमा राख्न नमिल्ने तर्क रिट निवेदक तर्फका कानून व्यवसायीहरुले गरेका थिए । मंगलबारको संवैधानिक इजलासमा केसी र श्रेष्ठले आफूहरुले इजलासमा बस्नु नपर्ने कारण नरहेको राय दिएका थिए ।

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको