दोधारमा माधव नेपाल, अब के गर्लान् ?

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासन गरेका नेता माधवकुमार नेपाल दोधारमा परेका छन्।

आफ्नै समूहमा दुईथरी मत देखिएपछि नेता नेपाल अब राजनीति कुन बाटोबाट अघि बढाउने भन्ने विषयमा दोधारमा परेका हुन्। एउटा पक्ष अन्तिम क्षणसम्म पनि पार्टी एकता प्रयास गर्ने भन्दै अध्यक्ष ओली पक्षसँग वार्ता गरिरहेको छ भने अर्का पक्षले अब ओलीको पछाडि लागेर हुँदैन नयाँ पार्टी खोल्नुपर्छ भनेर जोड दिइरहेको छ।

यसैकारण माधव नेपाल भन्न थालेका छन्, ‘नयाँ दल निर्माण र केपी ओली पक्षसँग वार्ता सँगसँगै अगाडि बढाउनुपर्छ।’ आफूनिकट केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकमा उनले ओली पक्षसँग जारी वार्ता आफूसँग परामर्श गरेरै भइरहेको बताएका हुन्।

केही दिनयता नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट ओली पक्षसँग वार्तामा रहेको खबर सार्वजनिक भएको छ। यो वार्ता नेता नेपालको इच्छाविपरीत भइरहेको भन्ने चर्चा भएपछि उनले भर्चुअल बैठकमा आफैसँगको सल्लाहमा त्यो भएको दाबी गरेका हुन्।

‘वार्ता र छलफलमा जानु भएका साथीहरूले जानु भन्दाअघि नै मसँग परामर्श र छलफल गर्नुभएको छ। बाहिर आएको जस्तो कुरा होइन। एकल बसे पनि सामूहिक बसे पनि मेरो नोटिसमै भइरहेको हो,’ नेपाललाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘तर वार्ताका नाममा हाम्रो वैकल्पिक पार्टी निर्माण गर्ने विषयलाई अलमल्याउने खोजेको हो कि भनेर हामी चनाखो बन्नुपर्छ। अहिले वार्ता र वैकल्पिक राजनीतिक दल बनाउने विषय सँगसँगै जान्छ।’

भर्चुअल बैठकमा केन्द्रीय सदस्यहरूले वार्ताका नाममा ओली पक्षले नयाँ दल बन्नबाट रोक्ने रणनीति लिएको हुन सक्ने भन्दै नेपाललाई सचेत गराएका थिए।

छलफलमा नेता नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नहुने पनि जानकारी गराएका छन्। ओलीका गतिविधि पार्टीको मात्रै विषय नभएको भन्दै नेता नेपालले हस्ताक्षर फिर्ता नहुने बताएका हुन्।

‘ओलीले जे गरेका छन्। त्यो पार्टीको मात्रै विषय होइन। यो देश र संविधान रक्षाको कुरा हो। यो विषय आफ्नो प्रक्रियामा अघि बढिरहन्छ,’ नेता नेपालले भने, ‘देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र संसद् विघटनविरुद्ध अदालतमा परेको रिट फिर्ता हुँदैन।’

नेता नेपालसहित एमालेका २३ जना सांसदले प्रधानमन्त्री ओलीले दोस्रोपटक गरेको संसद् विघटनविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चाका सांसदसँग मिलेर अदालतमा मुद्दा दायर गरेका छन्।

बिहीबार र शुक्रबार दुई दिन भएको छलफलमा सहभागी भएका केन्द्रीय सदस्यहरुले २०७५ जेठ २ गतेको संगठन ब्युँताउने विषयमा सहमति गरेर मात्रै एकता हुन नसक्ने बताएका थिए।

उनीहरूले ओलीले प्रधानमन्त्री पदबाट पनि राजीनामा दिनुपर्ने धारणा राखेको एक नेताले बताए।

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको