दोधारमा माधव नेपाल, अब के गर्लान् ?

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट निष्कासन गरेका नेता माधवकुमार नेपाल दोधारमा परेका छन्।

आफ्नै समूहमा दुईथरी मत देखिएपछि नेता नेपाल अब राजनीति कुन बाटोबाट अघि बढाउने भन्ने विषयमा दोधारमा परेका हुन्। एउटा पक्ष अन्तिम क्षणसम्म पनि पार्टी एकता प्रयास गर्ने भन्दै अध्यक्ष ओली पक्षसँग वार्ता गरिरहेको छ भने अर्का पक्षले अब ओलीको पछाडि लागेर हुँदैन नयाँ पार्टी खोल्नुपर्छ भनेर जोड दिइरहेको छ।

यसैकारण माधव नेपाल भन्न थालेका छन्, ‘नयाँ दल निर्माण र केपी ओली पक्षसँग वार्ता सँगसँगै अगाडि बढाउनुपर्छ।’ आफूनिकट केन्द्रीय सदस्यहरूको भर्चुअल बैठकमा उनले ओली पक्षसँग जारी वार्ता आफूसँग परामर्श गरेरै भइरहेको बताएका हुन्।

केही दिनयता नेपाल पक्षका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट ओली पक्षसँग वार्तामा रहेको खबर सार्वजनिक भएको छ। यो वार्ता नेता नेपालको इच्छाविपरीत भइरहेको भन्ने चर्चा भएपछि उनले भर्चुअल बैठकमा आफैसँगको सल्लाहमा त्यो भएको दाबी गरेका हुन्।

‘वार्ता र छलफलमा जानु भएका साथीहरूले जानु भन्दाअघि नै मसँग परामर्श र छलफल गर्नुभएको छ। बाहिर आएको जस्तो कुरा होइन। एकल बसे पनि सामूहिक बसे पनि मेरो नोटिसमै भइरहेको हो,’ नेपाललाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले नेपालखबरसँग भने, ‘तर वार्ताका नाममा हाम्रो वैकल्पिक पार्टी निर्माण गर्ने विषयलाई अलमल्याउने खोजेको हो कि भनेर हामी चनाखो बन्नुपर्छ। अहिले वार्ता र वैकल्पिक राजनीतिक दल बनाउने विषय सँगसँगै जान्छ।’

भर्चुअल बैठकमा केन्द्रीय सदस्यहरूले वार्ताका नाममा ओली पक्षले नयाँ दल बन्नबाट रोक्ने रणनीति लिएको हुन सक्ने भन्दै नेपाललाई सचेत गराएका थिए।

छलफलमा नेता नेपालले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता नहुने पनि जानकारी गराएका छन्। ओलीका गतिविधि पार्टीको मात्रै विषय नभएको भन्दै नेता नेपालले हस्ताक्षर फिर्ता नहुने बताएका हुन्।

‘ओलीले जे गरेका छन्। त्यो पार्टीको मात्रै विषय होइन। यो देश र संविधान रक्षाको कुरा हो। यो विषय आफ्नो प्रक्रियामा अघि बढिरहन्छ,’ नेता नेपालले भने, ‘देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र संसद् विघटनविरुद्ध अदालतमा परेको रिट फिर्ता हुँदैन।’

नेता नेपालसहित एमालेका २३ जना सांसदले प्रधानमन्त्री ओलीले दोस्रोपटक गरेको संसद् विघटनविरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चाका सांसदसँग मिलेर अदालतमा मुद्दा दायर गरेका छन्।

बिहीबार र शुक्रबार दुई दिन भएको छलफलमा सहभागी भएका केन्द्रीय सदस्यहरुले २०७५ जेठ २ गतेको संगठन ब्युँताउने विषयमा सहमति गरेर मात्रै एकता हुन नसक्ने बताएका थिए।

उनीहरूले ओलीले प्रधानमन्त्री पदबाट पनि राजीनामा दिनुपर्ने धारणा राखेको एक नेताले बताए।

सिफारिस

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायजस्ता विषयमा गहिरो अनुसन्धान र खोज पत्रकारिता गर्न चाहने पत्रकारहरूलाई लक्षित गर्दै बारबरा फाउन्डेसनले...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य सम्पादन गरेको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघले मध्यपुर थिमि नगरपालिकालाई "मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डू लिजेन्ड्स परिवारद्वारा जिरी नगरपालिकामा 'जिरी मेनिया २०२५' नामक भव्य कार्यक्रम आयोजना हुने भएको छ।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

धेरै पढिएको