संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज, संवैधानिक इजलास पुनर्गठन होला त ?

संवैधानिक इजलास नै विवादमा परेपछि रोकिएको संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज (आइतबार) हुँदै छ।

नेकपा भंगको फैसला र त्यो पुनरवलोकन अस्वीकार गर्ने निर्णयमा संलग्न न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई संवैधानिक इजलासबाट हटाउनुपर्ने आवाज उठेपछि प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराले न्यायाधीशको वरिष्ठताका आधारमा इजलास पुनर्गठन गर्ने वचन दिँदै प्रतिनिधि सभा विघटन मुद्दा सुनुवाइ गर्न आजका लागि पेसी तोेकका हुन्।

तर त्यसका लागि गरिने भनिएको नियमावली संशोधनबारे गत शुक्रबार बसेको सर्वाेच्च अदालतको पूर्ण (फुल कोर्ट) बैठकमा छलफल गरिएन। त्यस दिन प्रधानन्यायाधीश जबराले नागरिकता अध्यादेशविरुद्ध मुद्दाका लागि भने न्यायाधीशको वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका छन्।

अब आज संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ गर्न उनले वाचाअनुरूप न्यायाधीशको वरिष्ठताका आधारमा संवैधानिक इजलास पुनर्गठन गर्लान् किन नगर्लान् भन्ने आम चासो छ।प्रतिनिधि सभा विघटन र प्रधानमन्त्री नियुक्ति सम्बन्धमा सर्वाेच्च अदालतमा जम्मा ३० रिट दर्ता गरिएका छन्। तीमध्ये प्रधानमन्त्री केपी शर्मा ओलीका पक्षबाट ४ वटा छन्। बाँकी २६ रिट उनका विपक्षका हुन्। जसमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदले हालेको रिट पनि छ।

ती रिट सुनुवाइका लागि प्रधानन्यायाधीश नेतृत्वमा गठन गरिएको ५ सदस्यीय संवैधानिक इजलासप्रति नै प्रश्न उठेपछि सुनुवाइ प्रक्रिया लम्बिएको हो। आफूहरूले गर्ने न्यायको निष्पक्षाप्रति प्रश्न उठाइए पनि न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले इजलासबाट नहट्ने अडान लिएपछि वरिष्ठ न्यायाधीशद्वय दीपककुमार कार्की र न्यायाधीश आनन्दमोहन भट्टराईचाहिँ इजलासबाट अलग भएका छन्।

उनीहरूले जारी गरेको आदेशमा भनिएको छ– ‘मुद्दा हेर्न रोस्टरमा रहेका न्यायाधीशहरूसँग छलफल र परामर्श गरी एउटा विवेकसम्मत आधारमा इजलास गठन भयो र हामीलाई संलग्न गराउन उहाँले उपयुक्त देख्नुभयो भने हाल पेस भएका यीलगायतका मुद्दामा न्यायका लागि सहर्ष आफ्नो सेवा अर्पण गर्न तयार रहेको पनि हामी अवगत गराउछौं।’

नागरिकतासम्बन्धी अध्यादेशविरुद्धको मुद्दा सुनुवाइका लागि शुक्रबार न्यायाधीशको वरिष्ठताका आधारमा गठन गरिएको संवैधानिक इजलासलाई नै आज संसद् विघटनसम्बन्धी मुद्दा सुनुवाइमा निरन्तरता दिने संकेत पनि प्रधानन्यायाधीश जबराले गरेका छन्। प्रधानन्यायाधीशको नेतृत्वमा गठित यस इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन्।

सिफारिस

सर्वोच्चमा आज कुलमान र हितेन्द्रको पेसी : न्याय कसको पक्षमा जाला ?

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र हालै नियुक्त भएका हितेन्द्रदेव शाक्यबीचको कानुनी लडाइँ सर्वोच्च अदालतमा प्रवेश गरेको छ। बिहीबार...

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको छ । इण्डियन इनर्जी एक्सजेञ्जबाट थप...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदन पनि सर्वोच्च अदालतमा दर्ता भएको छ। यसअघि निवेदनको ढाँचा नमिलेको भन्दै सच्याउन पठाइएकोमा,...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

धेरै पढिएको