काठमाडौंमा कोरोनाविरुद्ध खोप भेरोसिल लगाउन काठमाडौं महानगरपालिकाले केन्द्र तोकेको छ।
महानगरले ३२ वटा केन्द्र तोकेको हो। जेठ २५ देखि देशभर कोरोना विरुद्धको भेरोसिल खोप लगाइँदै छ।
६० देखि ६४ वर्ष उमेरसम्मका व्यक्तिलाई लगाइने खोपका लागि काठमाडौं महानगरपालिकाले उमेरअनुसार खोप लगाउने दिन तोकेको छ।
जेठ २९ गतेसम्म चल्ने उक्त खोप कार्यक्रमका लागि जेठ २५ गते ६४ वर्ष, जेठ २६ गते ६३ वर्ष, जेठ २७ गते ६२ वर्ष, जेठ २८ गते ६१ वर्ष र जेठ २९ गते ६० वर्षकालाई लगाइने भएको छ। खोप लगाउन उमेर खुल्ने परिचयपत्रसहित खोपकेन्द्रमा जान सकिने महानगरले जनाएको छ।