रावललाई आउट गरेर एमालेको कार्यदलमा आचार्यको ‘इन्ट्री’

पार्टीको आन्तरिक विवाद सुल्झाउन गठन गरिएको नेकपा–एमालेको कार्यदलमा नयाँ सदस्यको रुपमा भीम आचार्यको ‘इन्ट्री’ भएको छ।

ललितपुरको कुपण्डोलस्थित समिट होटेलमा आज मंगलबार भएको कार्यदलको वार्तामा उनी सहभागी भएका हुन्। एमालेमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र माधवकुमार नेपाल नेतृत्वको समूहबीच विवादका कारण पार्टी विभाजनको डिलमा पुगेपछि विवाद समाधानको प्रयासस्वरुप दुवै तर्फका नेता सम्मिलित गरी एक कार्यदल गठन गरिएको थियो।

सो कार्यदलमा ओलीतर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल छन्। नेपाल समूहबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण विष्ट र रघुजी पन्त रहेकोमा अहिले रावलको ठाउँमा भीम आचार्य सहभागी भएका हुन्।

कार्यदल गठनपछि ओली पक्षले रावललाई पार्टीबाट निष्काशित गरेपछि उनले त्यस्तो वार्ताको कुनै औचित्य नभएको बताउने गरेका छन्। पन्त भने केहि दिनदेखि स्वास्थ्य समस्याका कारण संवादमा सहभागी हुन पाएका छैनन्।

आज समिट होटेलमा भएको वार्तामा ओली पक्षका नेम्वाङ, पौडेल, ज्ञवाली र रिमाल सहभागी छन् भने नेपाल तर्फबाट पाण्डे, भूसाल, विष्ट र आचार्य सहभागी छन्।

नेपाल समूहका नेतामध्ये रावल ओलीप्रति बढी आक्रामक छन् भने आचार्य सकेसम्म मिल्नुपर्छ भन्ने धारणा राख्ने गर्छन्।

उनले केहि दिनपहिले माधव नेपालले आयोजना गरेको आफूपक्षीय केन्द्रीय सदस्यहरुसँगको भर्चुअल बैठकमा ओली, नेपाल, झलनाथ खनाल लगायतका शीर्ष नेताहरुले नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखेका थिए।

नवाैं महाधिवेशनबाट सचिव निर्वाचित भएका आचार्य खनालनिकट नेता हुन्। सोहि छलफलमा खनालले समेत ७० वर्ष कटेका नेताहरुले कार्यकारी जिम्मेवारीबाट विदा हुनुपर्ने बताएका थिए।

सिफारिस

सर्वोच्चमा आज कुलमान र हितेन्द्रको पेसी : न्याय कसको पक्षमा जाला ?

काठमाडौँ - नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ र हालै नियुक्त भएका हितेन्द्रदेव शाक्यबीचको कानुनी लडाइँ सर्वोच्च अदालतमा प्रवेश गरेको छ। बिहीबार...

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक पहलमा भारतले थप ४ घण्टा विद्युत दिने सहमति जनाएको छ । इण्डियन इनर्जी एक्सजेञ्जबाट थप...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिट निवेदन पनि सर्वोच्च अदालतमा दर्ता भएको छ। यसअघि निवेदनको ढाँचा नमिलेको भन्दै सच्याउन पठाइएकोमा,...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जामन्त्रीको पहलमा भारतबाट आउने भयो थप विद्युत, उद्योगमा लोडसेडिङ हट्ने

काठमाडौँ- ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काको कुटनीतिक...

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको पनि रिट दर्ता

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव...

कुलमानलाई पदमुक्त गर्दा मन्त्रिपरिषद्ले लिएको १० प्रमुख आधार र कारणहरू

काठमाडौ - नेपाल सरकार मन्त्रिपरिषद्ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी...

उज्ज्वल कोइराला नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको सदस्यमा मनोनित

काठमाडौँ – नेपाली कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागको...

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५ घोषणा, के-के छन् मापदण्ड ?

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालले ‘राष्ट्रिय...

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा...

धेरै पढिएको