संसद् विघटन तथा प्रधानमन्त्री नियुक्तिसम्बन्धी मुद्दा सुनुवाइका लागि संवैधानिक इजलास आज बस्दै छ। सोमबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा अस्वस्थ भएका कारण स्थगित इजलास आज बस्ने भएको हो।
पहिलेको संवैधानिक इजलासप्रति प्रश्न उठेपछि गत आइतबार प्रधानन्यायाधीशको नेतृत्वमा पुनर्गठित इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराई छन्।
तर यस इजलासले पनि संसद् विघटन मुद्दा हेर्न नपाउने भन्दै सरकारी पक्षका वकिलले बखेडा झिकेपछि मुद्दा हेर्दाहेर्दैमा राखेर सोमबारका लागि पेसी तोकिएको थियो। तर त्यस दिन प्रधानन्यायाधीश अस्वस्थ भएको भन्दै सुनुवाइ स्थगन गरिएको थियो। अब इजलास आज बस्ने सर्वाेच्च अदालतले जनाएको छ।