आज बिहिबार देशभर ३७४९ संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घन्टामा ५२९३ जना संक्रमण मुक्त हुँदा सोही अवधिमा ५९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
मन्त्रालयले दिएको जानकारीअनुसार ९ हजार ९ सय १ जनामा पिसिआर विधिबाट परीक्षण गर्दा २ हजार ८ सय ७४ जना र ५ हजार तीन सय ३७ जनामा एन्टिजेन परीक्षण गर्दा ८ सय ७५ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ ।