काठमाडौं – नवनियुक्त सूचना, सञ्चार तथा प्रविधि मन्त्री नैनकला थापाले पदभार ग्रहण गरेकी छन् । बिहीबार अपरान्ह मन्त्री थापाले मन्त्रालय पुगेर पदभार ग्रहण गरेकी हुन् ।

पदभार ग्रहण गर्दै मन्त्री थापाले सञ्चार क्षेत्रलाई मर्यादित, व्यवस्थित र गरिमा बढाउन लागिपर्ने बताएकी छन् । यसअघिका सञ्चारमन्त्रीले अघि सारेका परियोजनालाई निरन्तरता दिनेछु’, मन्त्री नियुक्तिपछि नयनकलाले संक्षिप्तमा भनिन् ।

पछिल्लो आर्थिक वर्षका कार्यक्रमहरुमा सरकारी निकायबाट प्रदान गरिने सेवा नागरिक एप्सबाटै, कोभिड–१९ बाट प्रभावित पत्रकारलाई लेखनवृत्ति, श्रमजीवी पत्रकारको लागि ७ लाख रुपैयाँ दुर्घटना बीमा, निःशुल्क उपचार रहेका छन् । उक्त कार्यक्रमहरूलाई निरन्तरता दिइने मन्त्री थापाले बाएकी छन् ।

फोटो: कृष्ण खड्का 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here