लाल चन्द्रले हिडदा हिडदै एक्कसि सम्झन्छ बिहान घरमा तरकारी लिएर आउनु भनेर श्रीमतीले भनेको कुरो। घर जाने वाटोमै सागसब्जि बेचि रहेको थियो।साग मुठाको २० रुपिया भन्दै थिईन एउटी अधबैसे आईमाई पछ्यौरीले घामलाई छेक्दै लाल चन्द्रसंग।
१५ रुपियाँमा दिनु न भनी मोलमोलाई गर्न लाग्दासंग हिडेकि आफ्नी छोरीले बाउलाई यसो कुहिनाले हल्का धक्का दिन्छिन् तर केही भन्दिनन् त्यतिवेला,लालचन्द्रले छोरीको आसय बुझ्दैनन् र आफ्नो भाउ अनुसार १५ /१५ रुपियामा दुई मुठ्ठा साग किनेर बाटो लाग्छन्, घरमा पुग्ने बित्तिकै बस्नै पाएको हुन्न छोरीले बाउलाई सम्झाउँछिन्, तपाईले तरकारी पसलेसंग किन मोलमोलाई गरिरहनु भएको ५ रुपियाको लागि,भन्छिन बुबा तपाईं होटलमा बियर खादा २५० रुपियाको बोटल ४५्० रुपैया तिरेर खानु हुन्छ बिचरा घामपानी नभनेर तरकारि बेच्न बसेकिहरुसंग किन ५ रुपियाको लागि मोलमोलाई गर्नु हुन्छ ?
छोरीको कुरा सुनेर झस्किए अनि टोलाएर एकछिन छोरिको मुख हेरि रहे लालचन्द्र। छोरिको दयालु मन देखेर लालचन्द्रको आखाँमा टिलपिल आसुँ देखापर्छ र आफ्नो गल्ती महशुस गर्छ उस्ले,त्यो दिन देखि लालचन्द्रले कहिले पनि तरकारि किन्न जादा मोलमोलाई गर्नै सकेन्,सानो भनेर हेप्नु हुदैन् रहेछ नदेखेको बाटो ठूलाबडालाई उनिहरुलेपनि देखाउन सक्छ,मनमनै लाल चन्द्रले छोरीलाई आफ्नो आखाँ खोलि दिएकोमा निकै स्यावासी दिन्छ।