गण्डकी प्रदेशमा पनि केन्द्रमा जस्तै राजनीतिक खेलबाड देखिएपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रपतिको कार्यालयको झैं षडयन्त्र त्यहाँ पनि नहोस् भनेर चेतावनी दिएका छन्।
‘होसियार ! शीतल निवासको झैं षड्यन्त्र पोखरामा नदोहोरियोस्,’ प्रवक्ता शर्माले शनिबार अपराह्न ट्वीटर मार्फत भनेका छन्, ‘कब्जा शैलीमा राष्ट्रपतिको दुरुपयोगझैं विश्वासको मत दुई दिनअघि गुमाएका व्यक्तिको पुनः मुख्यमन्त्रीमा दाबाले षड्यन्त्रको आशंका बढाएको छ।’
होसियार ! शितल निवासकोझैं षड्यन्त्र पोखरामा नदोहोरियोस् ! कब्जा शैलिमा रास्ट्रपतिको दुरुपयोगझैं विश्वासको मत दुइदिन अघि गुमाएका ब्यक्तिको पुन मुख्यमन्त्रीमा दाबाले षड्यन्त्रको आशंका बढाएको छ !
तस्वीर बोल्छ- बहुमतको हस्ताक्षर मात्र होइन बहुमत ३१ सांसदको उपस्थिति कहाँ छ l pic.twitter.com/oYMrO6dVsb
— Bishwa Prakash शर्मा (@bishwaprakash77) June 12, 2021