काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति तोकिएको छ । कांग्रेस पदाधिकारी बैठकले भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।
यसअघि भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने तय थियो । आज बसेको पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका संशोधन गर्दै केन्द्रीय महाधिवेशनको नयाँ मिति तोकेको हो ।