गण्डकी प्रदेशको मुख्यमन्त्रीको रुपमा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले शपथ लिँदै छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले उनलाई शपथ गराउने छिन् ।
मुख्यमन्त्री पोखरेलको शपथसँगै केही मन्त्रीले पनि आजै शपथ लिँदै छन् ।
गण्डकी प्रदेश सरकारमा नेपाली कांग्रेसले कुमार खड्कालाई पठाउने भएको छ।
यस्तै नेकपा माओवादी केन्द्रबाट मधुमायाँ अधिकारी, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेले आज शपथ गर्दैछन्।