उपत्यकाका सिडियोहरुको बैठक बस्दै, निषेधाज्ञा खुल्ला त ?

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको विषयमा निर्णय लिनका लागि आज प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ । यसअघि प्रशासनले जारी गरेको निषेधाज्ञा भोलिदेखि सकिँदै छ ।

आज उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेर निषेधाज्ञा थप गर्ने अथवा हटाउने भन्ने विषयमा निर्णय लिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

यसअघि शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति, डिसिसिएमसीको बैठकले उपत्यकामा अब कम्तिमा एक साता निषेधाज्ञा थप गर्नका लागि सिफारिस गरेको थियो । सोही आधारमा अब एक साताका लागि निषेधाज्ञा थप गर्ने तयारीमा प्रजिअहरु रहेका छन् ।

तर, निषेधाज्ञा थप भएपनि अत्यावश्यक सेवासहित केही क्षेत्रहरु क्रमशः खुला गर्दै लैजाने प्रजिअहरुको तयारी छ । कृषि कर्मको सिजन भएकाले अहिले तत्कालका लागि कृषि सम्कन्त्री गतिविधिलाई सहज बनाउने तयारी रहेको काठमाडौंका प्रजिअ पराजुलीले जानकारी दिए ।

व्यावसायिक गतिविधि लामो समयदेखि ठप्प रहेका भाडा पसल, पुस्तकालय, कस्मेटिक, फेन्सी पसलहरुका लागि समय पनि अब समय तोकेर सुचारु गराउने प्रशासनको तयारी छ ।

यस्तै, निजी सवारीमा जोरबिजोरको व्यवस्था गर्ने विषयमा पनि छलफल हुने तर खुला गर्ने सम्भावना कम भएको बताइएको छ । तर, सार्वजनिक सवारी भने अझै बन्द नै हुनेछन् ।

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको