काठमाडौँ – पार्टीले कारबाही गरेका कर्णाली प्रदेशसभाका चार सांसदलाई पुनर्बहाली गर्न सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध सत्तारुढ नेकपा एमाले पुनरावलोकन (भ्याकेट) मा जाने भएको छ । भ्याकेटमा जानका लागि अधिवक्ताहरूले तयारी गरिरहेको एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
‘हो हामी भ्याकेटमा जाँदैछौं, त्यसका लागि आवश्यक तयारी अधिवक्ता साथीहरूले गरिरहनु भएको छ, सकिएपछि हामी सर्वोच्चमा जान्छौँ,’ प्रवक्ता ज्ञवालीले भने ।
गत जेठ १० गते बसेको एमाले बैठकले कर्णालीका चार प्रदेश सांसदलाई कारबाही गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध परेको रिटमा बिहीबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको थियो ।
सर्वोच्चले नेकपा एमालेको दशौं महाधिवेशन आयोजकले गर्ने निर्णय वैधानिक नहुने पनि भनेको ५ । कर्णालीका चार सांसदलाई एमालेको नवौं महाधिवेशन आयोजक सिमित बैठकबाट कारबाही गरिएको थियो ।
सर्वोच्चको आदेशसँगै विवाद चर्किरहेका बेला सर्वोच्चले दिएको यो आदेशबाट एमालेको ओली पक्षले गत फागुन २३ पछि गरेका कारबाहीका निर्णयहरू अवैद्य ठहरिएपछि आक्रोशित बनेको एमाले भ्याकेटमा जान लागेको हो ।