निषेधाज्ञामा होटेल खोलेको भन्दै संचालकलाई ४ लाख जरिवाना, ग्राहकबाट १५-१५ हजार असुल

काठमाडौं – निषेधाज्ञा उल्लंघन गर्दै एक होटेल संचालकलाई ४ लाख जरिवाना गरिएको छ । प्रहरीले त्रिपुरेश्वरस्थित युनाइटेड विजनेस होटललाई होटल खोलेको आरोपमा कारवाही गरेको हो ।

होटलका सञ्चालक मात्र नभएर ग्राहकहरू पनि जरिवाना तिर्न वाध्य भएका छन् । आज बिहान ३ बजे महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले अनुगमनका क्रममा सो होटल खोलेर मानिसहरू भेला भएको अवस्थामा भेटेको हो ।

म्यानेजर श्रेष्ठलाई ४ लाख रूपैयाँ जरिवाना गराइएको छ । यसैगरी ग्राहकहरुले पनि १५-१५ हजार जरिवाना तिरेका छन् ।
जरीवाना तिर्नेमा रोहित तामाङ, सुजन नेपाली, नितिश खड्का, योगिता तामाङ र दुई विदेशी नागरिक रहेका छन् । जरिवाना तिरेपछि सबैजना छुटेका छन् ।

सरकारले हालै जारी गरेको कोभिड १९ संकट व्यवस्थापन गर्न बनेको अध्यादेश २०६७८ को दफा २१ को प्रावधान अनुसार उनीहरुलाई प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जरिवानाको आदेश गरेका हुन् । प्रहरीले होटेलका म्यानेजर आश्विन श्रेष्ठ र ८ ग्राहकहरूलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बुझाएको थियो ।

सिफारिस

बारबरा फाउन्डेसनद्वारा खोजमूलक पत्रकारिता फेलोसिपको घोषणा

काठमाडौं - भ्रष्टाचार, सुशासन, वातावरणीय परिवर्तन, स्वास्थ्य, शिक्षा तथा सामाजिक न्यायजस्ता विषयमा गहिरो अनुसन्धान र खोज पत्रकारिता गर्न चाहने पत्रकारहरूलाई लक्षित गर्दै बारबरा फाउन्डेसनले...

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य सम्पादन गरेको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघले मध्यपुर थिमि नगरपालिकालाई "मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कार...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाण्डू लिजेन्ड्स परिवारद्वारा जिरी नगरपालिकामा 'जिरी मेनिया २०२५' नामक भव्य कार्यक्रम आयोजना हुने भएको छ।...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मध्यपुर थिमि नगरपालिका मुलुककै उत्कृष्ट नगरपालिका पुरस्कारबाट सम्मानित

काठमाडौं - वातावरण, संस्कृति, र पर्यटन प्रवर्द्धनमा उत्कृष्ट कार्य...

काठमाण्डू लिजेन्ड्सले ‘जिरी मेनिया २०२५’ आयोजना गर्दै

काठमाडौँ - नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरूको प्रवर्द्धन गर्ने उद्देश्यले...

आजदेखि एसईई, देशभरबाट पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी

माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा...

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

धेरै पढिएको