रामेछाप – रामेछाप नगरपालिका ८ लामागाउँमा काेराेना संक्रमित परिवारलाई प्रयास नेपालले खाद्यान्न वितरण गरेकाे छ ।
विश्वभर महामारीकाे रुपमा फैलिएको काेभिड १९ ले रामेछाप नगरपालिका ८ काे लामागाउँ पनि नराम्रोसँग असर पारेकाे अवस्थामा उक्त गाउँकाे ५२ जनामा काेराेना पाेजेटिभको परिवारलाई रामेछाप प्रदेश (क) सांसदका उमेदवार रत्न कार्की र साेहि वडाका वडा अध्यक्ष केदार कार्कीकाे पहलमा प्रयास नेपालकाे सहयाेग ४० घरपरिवारलाइ चामल १ बाेरा, गेडागुडी ५ केजि , खानेतेल १ लिटर , अण्डा १ क्रेटका दरले खाद्यान्न सहयाेग गरेकाे हो ।
काेराेना संक्रमित भएकाकाे स्वास्थ्य लाभकाे कामना गर्दै रामेछाप नगरपालिकाकाे उपप्रमुख सिर्जना खड्काले नागरिकको सबेै किसिमकाे समस्यामा समाधान तथा आवश्यकता पूर्ति गर्ने काम सरकारकाे भएता पनि सबै पक्ष समेट्न सरकारले नसकिरहेकाे बेला प्रयास नेपालले नागरिकका लागि खाद्यान्न उपलब्ध गराएर महत्त्वपूर्ण सहयोग गरेकाे भन्दै सहयाेगी संस्था र पहल कर्ता प्रति आभार व्यक्त गरिन् । उनले काेराेनालाई परास्त गर्न सबै सचेत भएर सुरक्षा सतर्कता अपनाउन र आत्मबल बलियाे बनाउन पनि जोड दिइन् ।
सहयोग वितरण कार्यक्रममा प्रयास नेपालकी अध्यक्ष मनि ज्याेशी, नेपाली कांग्रेस रामेछाप प्रदेश( क) सांसदका उमेदवार रत्न कार्की, वडा अध्यक्ष केदार कार्की ,रामेछाप नगरपालिकाका सभापति कमल विक्रम कार्की लगायतकाे उपस्थिति रहेको थियाे ।