काठमाडौँ – बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्ध दिन भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीलाई धम्की दिइएको खबर सार्वजनिक भएपछि बृहत् नागरिक आन्दोलनका एक अगुवा खगेन्द्र संग्रौलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गुन्डा नाइकेको संज्ञा दिएका छन्।
आयोगका उपाध्यक्ष डा. गिरीलाई आफ्नो सरकारी निवास (बालुवाटार) मै बोलाएर प्रधानमन्त्री ओलीले प्रक्रिया मिचेर बी एन्ड सीलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न दबाब दिएको र उनको ज्यान असुरक्षामा परेको भन्दै आइतबार बृहत् नगारिक आन्दोलन र सोलिडारिटी फर डा. केसी अलायन्सले सुरक्षा माग गरेका छन्।
त्यसको भोलिपल्ट सोमबार लेखक संग्रौलाले बालुवाटार (प्रधानमन्त्रीको निवास) गुन्डाको अखडा, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ गुन्डा तथा प्रधानमन्त्री ओली गुन्डाको नाइके भएको आरोप लगाएका हुन्।
हेर्नुहोस्, संग्रौलाको ट्विट :