झुठो विवरण पेश गरी नागरिकता लिनेमाथि छानबिन गर्न गृहमन्त्री समक्ष माग , महतोको नागरिकता होला त खारेज ?

काठमाडौँ – झुठो विवरण पेश गरेर गैर कानुनी रुपमा अंगिकृत नागरिकता लिनेको संख्या बढेको भन्दै गृहमन्त्री खगराज अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाइको छ।  नयाँ पार्टी नेपालले आज मंगलबार गृहमन्त्री अधिकारीलाई भेटेर सो पत्र बुझाएको हो।

 नेपालमा २०७० सालसम्मको तथ्यांक हेर्दा १ करोड १७ लाख २६ हजार भारतीय , ५६ हजार तिब्बतीयन ,२३ हजार बर्मेली , ७३४ अमेरिकन , ९०० युरोपियन र ४१ जनाभन्दा बढी अफ्रिकनहरुले नेपालबाट झुठो विवरण दिएर तथा गैर कानुनी रुपमा अंगिकृत नागरिकता प्राप्त गरेको नयाँ पार्टी ,नेपालको निश्कर्षसहित तत्काल उच्चस्तरीय न्यायिक नागरिकता छानविन आयोग गठन गरी नागरिकताहरु खारेज गर्न पार्टीले माग गरेको छ  ।

 तत्कालीन २०७६ साउन १६ गतेका दिन मन्त्रीपरिषद्ले झुठो विवरण दिएर नागरिकता लिएको ठहर गरी राजेन्द्र महतो ,अशोक साह ,विन्दे महतो ,दानादेवी महतो , सोसिल महतो ,राजेश्वर महतो ,रामकिशोर महतो र राज कुमार महतोको नागरिकता खारेज गर्ने निर्णय गरेपनि हालसम्म नेपाली नागरिकलाई ती व्यक्ति को को हुन् भनी तिनको विस्तृत विवरण सार्वजनिक नगरेकोले तत्काल सो व्यक्तिहरुको विस्तृत विवरण खुलाउन माग पनि माग गरेको छ ।

त्यस्तै उपप्रधान एवं सहरी विकास मन्त्री राजेन्द्र महतोको नागरिकताको सबालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ,गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा नयाँ पार्टी ,नेपालले उजुरी दर्ता गराएकोले तत्काल छानविन गरी निजको नागरिकता छानविन गरी आवश्यक कारबाही गर्नसमेत गृहमन्त्रीको ध्यानाकर्षण गराएको छ।  ।

साथै ‘मन्त्री महतोको नागरिकता सरकारले छानविन गरी खारेज नगर्ने हो भने निजलाई जनस्तरबाट नै कारबाही गरिने कुरा समेत ध्यानाकर्षण गराउन चाहन्छौँ ।,’पत्रमा भनिएको छ।  ‘दार्चुलाको ब्यास गाउँपालिकामा महाकाली नदी थुनेर भारतीय पक्षले अन्तर्राष्ट्रिय मापदण्ड विपरित सडक निर्माण गरेकोले तत्काल सो कार्य रोक्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउदै सो कार्य रोक्न आवश्यक कार्य गर्न अनुरोध गर्दछौँ ।

सिफारिस

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ को रथारोहण शनिबार सम्पन्न गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

धेरै पढिएको