आज पनि देशभर भारी वर्षा: बाढी पहिरोको उच्च जोखिम, सजग रहन आग्रह

काठमाडौं – तीन दिनदेखिको अविरल वर्षाले देशैभर क्षति गरेको छ । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभर भारी वर्षा हुनसक्ने भएकाले नदी आसपासका क्षेत्रमा सजग रहन आग्रह गरेको छ ।

महाशाखाको पछिल्लो बुलेटिनअनुसार बुधबार बागमती, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका अधिकांश स्थानमा भारी वर्षा र केहि स्थानमा धेरै भारी वर्षाको अनुमान गरेको छ । आज राती पनि कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केहि क्षेत्रमा धेरै भारी वर्षा हुनेछ ।

पहाडमा नदीको सतह बढ्दा तराईमा डुवानको जोखिम पनि उत्तिकै बढेको छ । महाशाखाले शुक्रबारसम्म देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको र बाढी, पहिराे र गेग्रान बहाबकाे जाेखिम रहेकाे जनाएकाे छ ।

आज राति कर्णाली, लुम्बिनी, गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुनेछ ।

बिहीबार देशभर बदली रहने र देशका अधिकांश स्थानमा वर्षा हुने अनुमान गरिएको छ। मनसुन सुदूरपश्चिम प्रदेशसम्म सक्रिय रहनेछ। राति सुदूरपश्चिम र बागमती तथा प्रदेश १ मा पनि भारी वर्षा हुने सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो देशभरको मौसम बदली रहनेछ, भने देशका अधिकांश स्थानमा वर्षा हुनेछ । जसमा सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशमा भारी वर्षा हुनेछ ।

निरन्तरको वर्षाले विशेषगरी पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदीनाला तथा खहरे खोलामा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको