कांग्रेसका युवा नेता महरद्धारा डडेल्धुरा अस्पताललाई स्वास्थ्य सामाग्री हस्तान्तरण

डम्बर निदाल
डडेल्धुरा – नेपाली कांग्रेस का युुवा नेता तथा नेपाल विधार्थी संघ का निवर्तमान केन्द्रिय अध्यक्ष नैन सिंंह महरले डडेल्धुरा अस्पताललाई अक्सिजन सिलिण्डर सहित स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका छन् ।

नेपाली कांग्रेसका बौद्धिक युवा नेता नैनसिंह महरले सुदूरपश्चिमकै ठूलो अस्पतालको रुपमा रहेको डडेल्धुरा अस्पताललाई २० लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

बुधवार मात्रै गृहजिल्ला डडेल्धुरा पुगेका कांग्रेस नेता महरले विभिन्न संघसंस्था र साथिभाईको सहयोग मार्फत उक्त रकमको जोहो गरि डडेल्धुरा अस्पताल आउने कोरोना विरामीको उपचारमा सहजता दिलाउनका लागि स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको वताए । यसै गरी सबै गाउँपालिकाका लागी पनि स्वास्थ्य सामग्रीहरु केही आईपुगेको र केही आउने क्रममा रहेकोले आवश्यकता हमशुस गरी अगाडी बढेको उनले बताए । साथै आगामी दिनमा पनि सहयोग गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । कोरोना महामारीको तेस्रो लहर पनि आउन सक्ने भएकाले सबैले सचेत हुनुपर्ने उनले बताए ।

सुदूरपश्चिमकै ठूलो अस्पतालको रुपमा रहेको डडेल्धुरा अस्पतालको बृद्धि र विकासका लागी स्थानिय जनताको पनि साथ सहयोगको आवश्यकता रहेको बताउदै नेता महरले कैलालीको गेटामा रहेको शिक्षण अस्पतालको कुनैन कुनै शाखाको यहाँ पनि पढाई हुने खालको डडेल्धुरा अस्पतालमा मेडिकल कलेजको रुपमा स्थापना गर्न सके दक्ष चिकित्सक लगायत अस्पतालमा हुने गरेका विभिन्न खाले अभाव नहुने भन्ने जुन भनाईहरु छन त्यसका लागी पनि आफु लागीरहेको बताए ।
कोरोना भाईरसको संक्रमण वढिरहेकै वेला नेता महरले संघिय सरकारको मातहातमा रहेको सुदुरपश्चिम प्रदेशको एक मात्र अस्पताल डडेल्धुरा अस्पताललाई अक्सिजन कन्सिनटेटर, सिलिण्डर, मास्क, ग्लोव्स, फेससिल्ड अक्सिजन मास्क, अक्सोमिटर लगाएतका सामाग्री उपलब्ध गरेको डडेल्धुरा अस्पताल व्यवस्थापन समितीका अध्यक्ष करुणाकर ओझाले जानकारी दिनु भयो ।

अस्पताललाई नेता महरले गरेको सहयोगले कोरोना माहामारीको चपेटामा परेका विरामीलाई राहात पुग्ने अध्यक्ष ओझाले वताए । दुरदराज पुगेर जनताको साथमा सधैँ रहिरहने नेता महरले विभिन्न संघसंस्थाबाट संकलित अक्सिजन, सिलिण्डर, पिपिई, मास्क लगायत स्वास्थ्य सामग्रीहरु एक कार्यक्रमका बीच अस्पतालका अध्यक्ष करुणाकर ओझालाई हस्तान्तरण गरेका हुन् ।

डडेल्धुरा अस्पतालमा उपचारका लागि विकट, दुरदराजबाट समेत विरामीहरु आउने गरेका छन् । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु, जनप्रतिनिधीहरु, बुद्धिजीवीहरु, सञ्चारकर्मी, स्थानिय लगायतको सहभागिता रहेको थियो ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको