माधव नेपाल पक्ष बैठकमा नजाने भएपछि कार्यदल बैठकले ओलीलाई राखे यस्तो प्रस्ताव

काठमाडौँ – माधव नेपाल पक्षले शुक्रबार बोलाएको नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित गर्न आग्रह गरेको छ। केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा बसेको कार्यदल बैठकमा नेपाल पक्षका नेताहरुले यस्तो आग्रह गरेका हुन्।

नेपाल पक्षले शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय कमिटीको बैठकमा सहभागी नहुने बताएपछि सहमति जुटाउन बिहीबार साँझ कार्यदल बसेको हो।बैठकमा नेपाल पक्षले शुक्रबारको बैठक स्थगित गर्न भनेका थिए। त्यसको जवाफमा ओली पक्षका नेताहरुले अध्यक्ष ओलीसँग छलफल गर्ने बताएको बैठकमा सहभागी एक नेताले बताए।

समिट होटलमा बसेको कार्यदलको बैठकमा शंकर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, घनश्याम भूसाल र गोकर्ण विष्ट सहभागी थिए। नेपाल पक्षका नेताहरुले बैठकमा पर्याप्त गृहकार्य नभएको भन्दै शुक्रबार हुने भनिएको बैठकलाई पछि सार्नसमेत आग्रह गरेका थिए।

दशौ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको बुधबार भएको बैठकले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रति नेपाल पक्ष असन्तुष्ट रहँदै आएको छ। उनीहरुले २०७५ जेठ २ का लागि कमिटीलाई ब्यूँताउनु पर्ने माग गर्दै आएका छन्।

तर बुधबारको बैठकले माओवादी केन्द्र छाडेर एमालेमै बसेका चार जनालाई स्थायी कमिटीसहित २३ जना पूर्वमाओवादीलाई केन्द्रीय कमिटीमा थपेपछि नेपाल पक्ष असन्तुष्ट रहेको थियो।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको