काठमाडौँ— शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र त्यस अन्तर्गतका निकायका सहसचिवहरुको व्यापक सरुवा भएको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालको शिक्षक सेवा आयोगमा सरुवा भएकोमा कमलप्रसाद पोखरेललाई मन्त्रालयमा ल्याइएको छ। शिक्षा मन्त्रालयका हरि लम्साललाई चिकित्सा शिक्षा आयोगमा सरुवा गरिएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका दिपक शर्मा शिक्षा मन्त्रालयमा पुगेका छन्।

त्यस्तै, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) सिएलपिआइयुका इमनारायण श्रेष्ठको शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सरुवा हुँदा शिक्षा तथा मानव स्रोत विकास केन्दका चुडामणि पौडेललाई सिएलपिआइयुमा पुर्याइएको छ।

इभेन्ट परियोजनाका केशव दाहाललाई शैक्षिक गुणस्तर परिक्षण केन्द्र र चिकित्सा शिक्षा आयोगका चन्द्रकान्त भुसाललाई इभेन्ट परियोजनामा सरुवा गरिएको छ।  खगेन्द्र नेपाललाई शिक्षाका लागि खाद्य कार्यक्रममा ल्याइएको छ ।

एक वर्षभित्र अवकास पाउनेने बाबुराम पौडेल र डा लेखनाथ पौडेललाई तथा सरुवा भएको एक वर्षभन्दा बढी अवधि नपुगेकाहरुलाई नचलाइएको जनाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here