सकियो कांग्रेस पदाधिकारी बैठक, के-के भयो सहमति ?

काठमाडौं – नेपाली कांग्रेसमा क्रियाशील सदस्यता विवाद समाधान राजनीतिक सहमतिका आधारमा हुने भएको छ ।

मापदण्डबारे निर्णय लिन बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले तत्कालका लागि सहमतिका आधारमा पारित हुनेजति सदस्यता टुंग्याउन छानबिन समितिलाई निर्देशन दिएको छ ।

सहमति नजुट्ने विवादका हकमा छानबिन समिति र निर्वाचन समितिले आपसमा मापदण्ड बनाएर टुग्याउन सक्ने निर्णय बैठकले गरेको छ । ‘एकप्रकारले मापदण्ड बनाउने त भनियो तर डकुमेन्ट पारित भएको छैन । पहिले सहमति हुनेजति सदस्यता टुंग्याउदै जाने जहाँ बाधा पर्छ त्यही मापदण्ड वा थप निर्णय लिने सहमति बनेको छ’, बैठकमा सहभागि कांग्रेस नेताले भने । ती नेताका अनुसार मापदण्डमै विवाद बढेपछि मध्यमार्गी उपाय खोजिएको हो ।

‘कतिपय जिल्लाका विवाद समितिले सहज रुपमा टुंग्याउन सक्ने खालको छ । राजनीतिक सहमतिका आधारमा त्यस्ता विवाद टुंग्याउने, जहाँ मिल्दैन त्यहाँ निर्वाचन समितिसंग बसेर मापदण्ड अनुसार गर्ने र त्यसरी पनि नटुंगिएका सदस्य अर्को महाधिवेशनलाई थाँती राख्ने निर्णय भएको छ’, ती नेताले भने । सहमतिका आधारमा टुंग्याउने निर्णयले क्रियाशील सदस्यतामा भागबण्डा हुनसक्ने ती नेताले संकेत गरे । ‘मापदण्डभन्दा सहमति मुख्य भएपछि त अब क्रियाशीलमा भागबण्डा हुने निश्चित छ । भागबण्डा बाहेकपनि कांग्रेसमा सहमति हुन्छ र ?’, ती नेताले प्रश्न गरे ।

कांग्रेस महाधिवेशन कार्यतालिका अनुसार असार २० गतेसम्म क्रियाशील सदस्यता छानबिन समितिले केन्द्रीय समितिलाई सदस्यताको विवरण बुझाउनुपर्नेछ । पदाधिकारी बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छुट्टाछुट्टै बैठक बसेको थियो । प्रस्तावित मापदण्डमा दुवै पक्ष सहमत नभएपछि सदस्यता छानबिन सहमतिका आधारमा अघि बढाउन लागिएको हो । कांग्रेस केन्द्रीय कार्यालयमा हालसम्म ८ लाख बढी नयाँ र नवीकरण भएका क्रियाशीलको सदस्यको सूची आइपुगेको छ ।

सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले पदाधिकारी बैठकको निर्णयले सहमतिका आधारमा सदस्यता टुंग्याउन बाटो खोलेको बताए । ‘अब हामी सहमतिकै आधारमा सदस्यता टुंगो लगाउँछौं । सहमति हुन नसकेका विषयमा के गर्ने भन्ने पनि सहमति भएकोले अब क्रियाशीलबारे विवाद रहँदैन’, लेखकले भने । बैठकले अन्य दलबाट कांग्रेस प्रवेश गरेकाहरुको सदस्यता नवीकरणमा पनि सहमतिबाट निर्णय लिने निर्णय गरेको छ ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको