अध्यक्ष ओली र भीम रावलबीच भेट, के- के भयो कुराकानी ?

काठमाडौं – नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। ओलीकै आग्रहमा रावलले ओलीलाई बालुवाटारमा भेटेका हुन्। वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनालको प्रतिनिधिको रुपमा ओलीसँग संवादका लागि बालुवाटारमा ओली-रावल भेट भएको ओली निकट एक नेताले बताए।

अध्यक्ष ओली र रावलबीच पछिल्लो राजनितिक घटनाक्रमका विषयमा छलफल भएको बुझिएको छ।

एमाले केन्द्रीय समिति बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिन माधव पक्षका सांसदलाई दुई दिनको अल्टिमेटम दिएको थियो । सो अल्टिमेटम आज सकिँदैछ । त्यसअघि नै दुई पक्षबीच सहमति जुटाउन नेता रावलले अध्यक्ष ओलीलाई भेटेर कुरा गरेका हुन्  ।

स्रोतका अनुसार माधव पक्षका भीम आचार्य, घनश्याम भुषाल लगायतका नेताले रावलसँग वार्ता गर्न बालुवाटारलाई सुझाव दिएका थिए ।

माधव नेपाललाई सबैभन्दा बढी प्रभाव पार्न सक्ने नेता रावल भएकाले उनलाई वार्तामा डाक्न सुझाव दिइएको हो । अन्य नेताहरुले पहल गर्दा नेपालले प्रधानमन्त्री ओलीसँग भेट्नसमेत अस्वीकार गर्दै आएका छन् ।

हस्ताक्षर फिर्ता लिनका लागि दिइएको ३ दिने अल्टिमेटमको समय सकिनु अगाडि अघिल्लो दिन बेलुकी रावल ओलीलाई भेट्न बालुवाटार पुगेका हुन्।

ओलीका निर्णयप्रति तीव्र असन्तुष्टि जनाउँदै आएका नेता रावल आफैं उनलाई भेट्न गएको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

रावल यसअघि एमालेले बनाएको विवाद समाधान कार्यदलमा माधवकुमार नेपाल पक्षका संयोजक थिए। तर, प्रतिनिधि सभा विघटनपछि रावलसहित ११ नेतालाई ओलीले कारबाही गरेपछि कार्यदल निष्क्रिय भएको थियो।

रावलबाहेक कार्यदलमा रहेका अन्य नेताहरू भने एमाले एकताका लागि निरन्तर संवादमा बस्ने गरेका थिए।

नेपालले कार्यदलमार्फत औपचारिक वार्ता अगाडि बढाउनुपर्ने प्रस्ताव गरेका थिए। सर्वोच्च अदालतमा नेपाल समूहका २३ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा विघटनलाई वदरको माग राखी रिट निवेदन दर्ता गरेका थिए। ओली समूहले उक्त हस्ताक्षर भने फिर्ता लिनुपर्ने शर्त राखेको छ। जसलाई नेपाल समूहले अस्वीकार गरेको थियो।

ओली नेपालबीच सहमति गराउनका लागि दुबै समूहका नेताहरु सम्मिलित कार्यदल बने पनि हाल भने निष्क्रिय अवस्थामा छ। नेपाल समूहबाट कार्यदलको नेतृत्व रावलले गरेका थिए। नेपाल, रावलसहितका नेतालाई ओलीले कारबाही गरेपछि कार्यदल निष्क्रिय बनेको थियो। हाल भने कारबाही फुकुवा भइसकेको छ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको