काठमाडौँ – मन्त्रिपरिषद बैठक सकिएको छ । बैठकले २ जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ १ जना र प्राविधिकतर्फ १ जना गरी २ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
प्रशासनतर्फ एक नम्बरमा सिफारिस भएका मधुसुधन बुर्लाकोटी र प्राविधिक तर्फ पनि एक नम्बरमा सिफारिस भएका शुशिल चन्द्र तिवारी बढुवा भएका हुन्छ। बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा थिए भने तिवारी लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए ।
बुर्लाकोटी र तिवारीको नाम यस अघि २ पटक बढुवाका लागि सिफारिस भइसकेको थियो । उनीहरु बढुवा भएसँगै रिक्त रहेका संघीय मन्त्रालय तथा प्रदेश प्रमुख सचिवमा पदस्थापन हुनेछन् ।
