के नारायणकाजी श्रेष्ठले माओवादी केन्द्र त्यागेका हुन् ?

काठमाडौं – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले माओवादी केन्द्र त्यागेको संकेत गरेका छन् । राष्ट्रियसभामा श्रेष्ठ प्रतिपक्षका लागि तोकिएको कुर्सीमा नबसी प्रमुख विपक्षी कांग्रेसका लागि तोकिएको पहिलो लहरमा बसेका उनले पार्टी त्यागको संकेत गरेका हुन्   ।

यसअघि प्रमुख प्रतिपक्षी दलका नेता राधेश्याम अधिकारी र प्रमुख सचेतक अनिता देवकोटालाई सत्ता पक्षभन्दा अर्को लहरमा बस्ने व्यवस्था मिलाइएको थियो ।

प्रतिपक्ष बस्ने लहरमा माओवादी संसदीय दलका नेता दिनानाथ शर्मा र जसपाका संसदीय दलका नेता शेखर सिंहलाई बस्ने आसन संसद सचिवालयले मिलाइदिएको थियो ।

सचिवालयका एक अधिकारीले भने, ‘राष्ट्रियसभामा सत्ता पक्ष, प्रमुख प्रतिपक्ष र प्रतिपक्षका सांसदहरू बस्ने ठाउँ अध्यक्षले तोक्ने हो । अध्यक्षले प्रमुख प्रतिपक्षी कांग्रेस र प्रतिपक्षी माओवादी केन्द्र तथा जसपाका नेताका लागि सिट तोक्नुभएको हो । तर, श्रेष्ठ कांग्रेसको लहरमा गएर बस्नुभएको छ ।’

सचिवालयले श्रेष्ठलाई विपक्षी बेञ्चको दोस्रो लहरमा बस्ने व्यवस्था मिलाएको थियो । श्रेष्ठले आफूलाई बोल्ने समय कम दिइएकोमा समेत आपत्ति जनाएका थिए । उनले माओवादी केन्द्रका सांसदहरुले बोल्न पाउने भनेर सचिवालयले तोकेको २० मिनेट आफूलाई मात्र दिइनुपर्ने बताएका थिए ।

आफ्नो अपमान भएको भन्दै श्रेष्ठले राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाको आलोचना समेत गरेका छन् । राष्ट्रियसभाको उपनिर्वाचनमा विपक्षी गठबन्धनको समर्थनमा निर्वाचित माधव नेपाल समूहका सांसद खिमलाल देवकोटा पनि विपक्षी लहरमै बसेका छन् ।

आफूलाई स्वतन्त्र सांसदको मान्यता दिन लिखित माग गरेका एमालेका सांसद बेदुराम भुसाल भने राष्ट्रियसभा बैठकमा सहभागी भएका छैनन् ।

एमाले उपाध्यक्ष वामदेव गौतम भने राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित सदस्यको लागि तोकिएको लहरमा मन्त्रीहरू भन्दा पछाडि बस्ने गरेका छन् ।

यसैबीच राष्ट्रियसभामा प्रमुख विपक्षी दलको नेता को हुने भन्ने बहस पनि चलेको छ । सिट संख्याको आधारमा सत्तापक्ष एमालेपछि दोस्रो ठूलो दल माओवादी केन्द्र हो ।

माओवादीका १३ सांसद छन् भने कांग्रेसका ७ जना छन् । तर संविधान र राष्ट्रियसभा नियमावलीले एउटै संघीय संसदीय दलको परिकल्पना गरेको र संघीय संसदीय दलको नेताले राष्ट्रियसभामा दलको नेता तोक्ने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार प्रधानमन्त्रीले सत्तापक्षको नेता सुमन प्याकुरेल तोकेका छन् भने विपक्षी दलका नेता शेरवहादुर देउवाले राष्ट्रियसभामा विपक्षी दलको नेता राधेश्याम अधिकारीलाई तोकेका छन् ।

निर्वाचनअघि बनेको संघीय संसदका पदाधिकारीको सेवा सुविधासम्बन्धी एनेमा भने राष्ट्रियसभामा जुन दोस्रो दल हुन्छ त्यो विपक्षी दल हुने व्यवस्था छ ।

यस विषयमा राष्ट्रियसभा अध्यक्षले गत साता माओवादी र कांग्रेसका नेताहरुसँग पनि परामर्श गरेका थिए । उनीहरूले आफूहरूबीच छलफलको आवश्यकता रहेको बताएका थिए ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको