फेरि खाने तयारीमा पूर्वमन्त्रीहरू

काठमाडौं – सर्वोच्च अदालतले ८ असारमा प्रधानमन्त्री ओलीका २० सहयोगीको मन्त्री पद खाइदियो तर सोही क्याबिनेटमा १३ र २० दिन मन्त्री भएकामध्ये अझै केहीले पुल्चोकस्थित सरकारी निवास छाडेका छैनन् ।

शहरी विकासमन्त्री राजेन्द्र महतो, गृहमन्त्री खगराज अधिकारी, सञ्चारमन्त्री नैनकला थापा, पर्यटनमन्त्री उमाशंकर अरगरिया, सामान्य प्रशासनमन्त्री गणेश पहाडी र खेलकुदमन्त्री एकवाल मियाँ मात्र आफ्नै घर फर्किएका छन् । त्यहाँका ५ वटा ब्लकमा १९ वटा क्वार्टर छन् ।

जसमध्ये शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, भौतिक वसन्त नेम्बाङ, कानुनका लीलानाथ श्रेष्ठले तीन वटा क्वार्टर प्रयोग गरिरहेका छन् । राष्ट्रिय सभाको उपाध्यक्षलाई एउटा ब्लक दिइएको छ भने ८ असारको अदालती आदेशपछि मन्त्री पद गएकामध्ये केहीले अझै सामान सारेका छैनन् ।

अर्थमन्त्री विष्णु पौडेलले सरकारी निवास प्रयोग गरेका छैनन्, परराष्ट्रमन्त्री रघुवीर महासेठ क्वार्टरमै बसेनन् । राजकिशोर यादव गौरीघाटबाट पुल्चोकस्थित मन्त्री क्वार्टर सर्ने तयारी गर्दागर्दै मन्त्री पद गयो ।

अनिलकुमार झाहरूचाहिँ अझै क्वार्टरमा छन् । केही मन्त्रीले क्वार्टर छाडे पनि सामग्री नसारेको र क्वार्टरमा फर्कने आसमा रहेको त्यहाँका एक कर्मचारीले बताए । समाचार आजको जनआस्था साप्ताहिकमा प्रकाशित छ ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको