एमाले कार्यदलको बैठक सकियो, टुंगियो त विवाद ?

काठमाडौँ – नेकपा एमालेको विवाद समाधानको प्रयासस्वरुप बसेको कार्यदलको बैठक सकारात्मक बनेको छ । अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षीय कार्यदलको बैठक सकारात्मक बनेको नेता प्रदीप कुमार ज्ञवालीले जानकारी दिए ।

उनले विवाद समाधान निष्कर्षउन्मुख भएको भन्दै भोलि फेरि बैठक बसेर टुंग्याइने जानकारी दिए । ‘छलफल सकारात्मक बनेको छ । भोलि फेरि बैठक बसेर सबै विषय टुंग्याउँछौँ’, उनले भने।

यसअघि सोमबार र मंगलबार सम्पन्न बैठकमा पार्टी विवादका विषयलाई कसरी टुंगोमा पुर्‍याउने भन्ने विषयमामा छलफल भएको थियो।

यसअघिको बैठकमा पार्टीभित्रको विवादित विषय, भिन्न मत र असहमति कहाँ–कहाँ छन् र यसलाई कसरी समाधानमा पुर्‍याउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको कार्यदलका एक सदस्यले बताए।

एमालेको एकता जोगाउन भन्दै केही समय अगाडि गठन भएको कार्यदल सोमबारदेखि सक्रिय बनेको छ ।

पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल सम्मिलित १० सदस्य कार्यदलको बैठक सोमबारबाट सिंहदरबारस्थित अर्थमन्त्रालयमा बस्दै आएको छ । मंगलबार वार्ता टोलीको छलफल चलिरहेका बेला माओवादी अध्यक्ष प्रचण्ड माधव नेपाललाई भेट्न गएका थिए ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको