काठमाडौँ – मिस ई कलेज, जुनियर स्कूल प्रिन्सेस्, मिस एयर होस्टेस , मिस टिन कलेज,मिसेस व्यूटी क्वीन नेपाल तथा अन्तर्राष्ट्रिय जगतमा विभिन्न अवार्ड कार्यक्रमहरुको निरन्तरतासंगै सिजन मिडिया प्रा.लि.ले एसइई परिक्षा दिएर बसेका युवतीहरुमा केन्द्रित गरी विगत १० वर्षदेखि निरन्तर रुपमा गर्दै आएको ( ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२१ ) नामक कार्यक्रमको आवेदन फारम खुल्ला गरिएको छ ।
प्रतियोगितामा २०७७ सालमा एसइई परिक्षामा समावेश भएको र आफ्नो नतिजाको पर्खाइमा रहेका छात्राहरुले सहभागिता गर्न पाउने छन् । व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागर , नेतृत्वदायी क्षमताको विकास उच्च शिक्षा अध्ययनमा सहयोगी र मनोरन्जन तथा मोडलिङ यात्राको लागि पनि सहयोग पु¥याउने उदेश्यले यो कार्यक्रमको निरन्तरता दिन लागिएकोे हो ।
प्रतियागिताको आवेदन फारम श्रावण १५ गतेसम्म सिजन मिडियाको कार्यालय कमलदीमा उपस्थित भइ आवेदन फारम भर्न सक्नु हुनेछ । काठमाडौ तथा उपत्यका बाहिर रहेका विभिन्न स्कुलका एसइइ रिजल्टको प्रतिक्षामा रहनु भएका छात्राहरुले आवेदन फारम भर्न सक्नु हुनेछ ।

उक्त प्रक्रियावाट छनौट भएका प्रतियोगीहरुलाई श्रावण तेस्रो सातावाट प्रशिक्षण दिइने छ । प्रशिक्षणको क्रममा मोडलिङ ,फेशन सो , ¥याम्प सो , शारारिक फिटनेश ,फोटो सेसन, कलेज भ्रमण, टेवल म्यानर, फोटोग्राफी शिक्षा सासेसल मिडिया प्रयोग कसरी गर्ने लगायत विभिन्न प्रतियोगीतात्मक कार्यक्रमहरु, व्यक्तित्व विकास सम्वन्धी पनि प्रशिक्षण दिइने छ । विभिन्न सामाजिक संस्थाहरुको माइती नेपाल, नारकोनन नेपाल,वाल आश्रम, वृद्धा आश्रम साथै मिडिया सम्वन्धी जानकारी तथा अन्तरक्रिया कार्यक्रम गरिने छ भने विभिन्न कलेजहरुको भ्रमण गराइने छ ।
भाद्र अन्तिम साता उत्त प्रतियोगीताको अन्तिम प्रतिष्पर्धा हुनेछ । प्रतियोगिताका बिजेताले “ह्वाइट हाउस एसईइ प्रिन्सेज २०२१ ) को ताज उपाधिसहित उच्च शिक्षामा १ लाख बराबरको छात्रावृत्ति ल्यापटप ,मोवाइल,म्यूजिक भिडियो खेल्ने अवसर, साथै अन्य गिफ्टहयाम्पर पाउने छन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले भने क्रमशः उच्च शिक्षामा १ लाख वरावरको छात्रावृत्ति साथै विभिन्न उपहारहरु पाउनेछन र त्यसैगरि मोडलिङ करियरमा प्रवेश गर्नेहरुको लागि पनि सहयोग गरिने छ भने यस बाहेक अन्य विभिन्न २१ विधामा पनि विजेता छनौट गरिनेछ ।

