प्रहरीकाे विशेष अपरेशन : बढी भाडा लिई यात्रु ठग्ने १० पक्राउ

काठमाडौं – काठमाडौ उपत्यकामा निषेधाज्ञा खुकुलो पश्चात सबै प्रकारका सवारी साधनको निषेध खुल्लाभएसँगै महानगरीय ट्राफिक प्रहरी महाशाखाले बढी भाडा लिई यात्रु ठगी गर्ने बिरुद्द अझै सक्रियता बढाएको छ । ट्राफिक प्रहरीको बिशेष अपरेसन टोलीले नयाँ बसपार्क र कंलकीबाट आजै मात्र यात्रु ठगी गर्ने १० जनालाई पक्राउ गरेको छ ।

माछापोखरी र नयाँ बसपार्कबाट स्याङजाका बर्ष ३३ को लेख बहादुर गुरूङ, स्याङजाकै बर्ष १८ को सौगात सुनार, कास्की पोखराका बर्ष २३ को सन्तोष सुनार, सिन्धुपाल्चोकका बर्ष २३ को विज्ञान माझी र धादिङका बर्ष २९ को निराजन सापकोटा पक्राउ परेका छन् । त्यस्तै कंलकीबाट धादिङका बर्ष ३३ को पूर्ण बहादुर गन्द्रमा मगर, प्यूठानका बर्ष २६ को पदम गिरी, धनुषाका बर्ष २६ को रबि आले मगर, सल्यानका बर्ष २६ को खुमराज बि।क। र नवलपारासीका वर्ष ३२ को दिपक काफ्लेलाई पक्राउ परेका छन् ।

अत्यावश्यक परि उपत्यका बाहिरका जिल्लाहरु जान चाहने यात्रुहरुसँग चर्को भाडा र शुल्क असुल्ने व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए । “यात्रु ठग्ने आदत छरु छ भने होसियार । सादा पोशाकमा खटिएका ट्राफिक प्रहरीले तपाईंलाई कुनै पनि बेला फन्दामा पार्न सक्छ ।” उनले भने, “गोप्य निग्रानी र अनुगमन गर्दै कारबाही अभियानलाई तीब्रता दिदै आएका छौं, यात्रु ठग्ने जोसुकैलाई नियन्त्रणमा लिन्छौं ।”

पक्राउ परेका ती व्यक्ति र सवारी साधनहरू ग १ ख ५३१० हायस, ग १ ज ३८४३ ट्याक्सी, बा ५ ख १४५१ हायस, बा १४ च ७५६२ स्कार्पियो, ग ३ च ४९४ स्कार्पियो, बा १९ च ३९६२ स्कार्पियो र बा १३ च ५००६ स्कार्पियोलाई आवश्यक कारबाहीको लागी प्रहरी बृत्त, नयाँ बसपार्क र कंलकी बुझाएको महाशाखाले जनाएको छ । तोकिएको भन्दा बढि भाडा लिएमा नजिकको प्रहरी वा प्रहरीको हटलाईन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्न समेत महाशाखाले अनुरोध गरेको छ ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको