जमरा खानुहोस् यस्ता छन् फाइदै फाइदा

विजया दशमीमा मान्यजनबाट टीका ग्रहणपछि शिरमा सिउरिइने धान, गहुँ, मकै र जौका लामा आँकुरालाई जमरा भन्ने गरिन्छ । टीका ग्रहणपछि पुरुषको शिर र टोपी तथा महिलाको कपालमा जमरा राखिदिने चलन छ । कतिपयले जमराको मालासमेत लगाउने गरेका छन् ।

घटस्थापनाका दिन पूजाकोठामा धान, गहुँ, मकै र जौ छरेर त्यसबाट टुसाएका आँकुरालाई देवीको प्रसादका रूपमा सिउरिने परम्परा छ । यो परम्परालाई नेपालीले मात्र अनुशरण गरेको पाइन्छ । नेपालीको बसोवास रहेका अन्य मुलुकमा पनि यसलाई निरन्तरता दिइएको छ । धार्मिक, सामाजिक, सांस्कृतिक मात्र होइन, स्वास्थ्यका दृष्टिले पनि जमरा महत्वपूर्ण छ ।

आश्विन शुक्ल प्रतिपदामा घरघरमा जमरा राख्दै घटस्थापना गरिन्छ, जुन नवरात्रिको पहिलो दिन पनि हो । संस्कृतिविद् डा. गोविन्द टण्डनका अनुसार नदीको बालुवा ल्याएर घरको पूजाकोठा वा मन्दिरमा राख्ने गरिन्छ । र, त्यसमा किराले नखाएको शुद्ध जौ छरिन्छ । पूजा, अर्चनापछि छरेको जौलाई तामा वा पित्तलको भाँडाले छापिन्छ । त्यसो गर्दा जमरा पहेँलो हुने विश्वास छ । यो चलन कहिलेदेखि सुरु भएको हो भन्ने यकिन छैन । डा. टण्डनका अनुसार खासगरी, देवीभागवत्मा यसको धार्मिक महत्वबारे वर्णन गरिएको छ ।

जौको जमरा नै किन ?
धान, मकै र गहुँभन्दा जौको जमरालाई शुद्ध मानिन्छ । डा. टण्डनका अनुसार वैदिक ग्रन्थमा जौलाई रोगबाट टाढा राख्ने, यज्ञ–यज्ञादिमा उपयोगी र शरीरमा ऊर्जा दिने अन्नको रूपमा वर्णन गरिएको छ । पौराणिक ग्रन्थमा पनि जौलाई अन्नको राजा मानिएको छ । भागवत् गीतामा भगवान् श्रीकृष्णले जौको वर्णन गरेका छन् । जौको जमरालाई नवदुर्गाको स्वरूप पनि मानिन्छ । ‘रातो टीका र जमरा हाम्रो संस्कृतिको शान हो,’ डा. टण्डन भन्छन्, ‘तिहारमा पनि दसैँको जमराको धुलो बनाएर टीका लगाएमा शुभ हुने विश्वास छ ।’

स्वास्थ्यका लागि फाइदाजनक

जौ पौष्टिक गुणयुक्त अन्न हो । चिकित्सा विज्ञानमा यसलाई औषधिका रूपमा लिने गरिन्छ । त्यसैले जौको जमरालाई सांस्कृतिक मात्र नभई स्वास्थ्यका दृष्टिकोणले समेत अति उपयोगी मानिन्छ ।

पछिल्लो समय जमराको जुस बनाएर खाने प्रचलन बढेको छ । आयुर्वेदमा जौलाई विशेष औषधि मानिएको छ । जमराको जुस सेवन गर्दा रगतमा हेमोग्लोबिनको मात्रा बढ्ने विभिन्न अनुसन्धानबाट प्रमाणित भएको छन् । छाला, कलेजो, रगतसम्बन्धी समस्या, ज्वरो, रक्तचाप, घाउ, चोटपटकलगायत स्वास्थ्य समस्यामा जमराको जुसलाई औषधिका रूपमा प्रयोग गरिन्छ ।

हरियो जमरामा शरीरलाई आवश्यक खनिज पदार्थ, भिटामिन, प्रोटिन, एमिनोएसिडजस्ता तत्व प्रशस्त मात्रामा पाइन्छन् । जमरामा प्रशस्त क्लोरोफिल हुने भएकाले एन्टिअक्सिडेन्टको गुण पनि पाइन्छ, जसले कोषलाई छिटो बुढो हुनबाट बचाउँछ र शरीर तन्दुरुस्त राख्न मद्दत गर्छ । शरीरबाट विषाक्त पदार्थ हटाउन, रगतमा चिनीको मात्रा सन्तुलनमा राख्न, दाँत र कपाल स्वस्थ राख्न, पाचन प्रक्रिया सहज बनाउन र रक्तचाप सन्तुलनमा राख्न जमराको जुस लाभदायी मानिन्छ ।

सिफारिस

अमेरिकाविरुद्ध नेपालको शानदार जीत, कुशल भुर्तेलले हाने शतक

काठमाडौं- आईसीसी विश्वकप लिग २ अन्तर्गत नेपालले जित निकालेको छ। भर्खरै सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले हराएको हो। १९६ रनको लक्ष्य नेपालले ३६.४...

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

भर्खरै

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

धेरै पढिएको