दशैंमा मासु खाँदा यी कुरामा ध्यान दिनुहोस्

काठमाडौं – साधारणतः अरु वेलाको तुलनमा दशैंको वेला हरेकजसो घरमा मासु तथा मासुका परिकारहरु बन्ने गर्छन् । दशैंका वेलामा मासु बढि प्रयोग गर्ने पनि गरिन्छ । कुनै भोज तथा पार्टीहरुमा मासु खाने गरिएपनि दशैंमा आफ्नै घरमा खसी, बोका, भेडा, राँगा, हाँस, कुखुरा लगायत अन्य विभिन्न जनावरका मासु अत्याधिक प्रयोग गरिन्छ । आफन्तजनसँगको भेटघाट तथा रमाइलो गर्ने बाहानामा वर्षदिनको दशैं भन्दै खाइने विभिन्न किसिमका मासुजन्य भोजनले पछि स्वास्थ्यमा अनेकौं किसिमका रोगहरु निम्तिने निश्चित छ ।

यदि तपाईं शाकाहारी हुनुहुन्छ भने फलफुल तरकारी लगायतका खानेकुरा मिलाएर खानुहोस् । दशैंमा मासुले नै रमाइलो हुन्छ भन्ने हुँदैन । शाकाहारी भोजनले पाचनप्रणालीलाई ठुलो भार पर्दैन । तर यदि मासु पनि खानुहुन्छ भने शाकाहारीका तुलनामा बढि ख्याल गर्नुपर्ने हुन्छ ।

मासु मानिसको शरिरलाई अत्यावश्यक खानेकुरा होइन । तर हामी प्रायः पौष्टिक आहार परिपूर्तिका लागि मासु खाने गर्छौं । तर यो आवश्यकता भन्दा बढि भयो भने यसले अनेकौं किसिमका रोग निम्तिने गर्छ । कुनै रोगहरु यस्ता हुन्छन् की एकै वर्षको दशैंमा खाएको मासुले गरेको असर जीवनभर खेपीरहनुपर्ने पनि हुन सक्छ । त्यसैले यस्तो अवस्थामा ध्यान पुर्याउनुपर्ने हुन्छ ।

तपाई यदि नियमित मासु खानुहुन्छ भने पनि ध्यान दिनुहोस् । दशैंका वेला नियमित भन्दा बढि खाइने मासुले अनेकौं रोग निम्तिन पनि सक्छन् । तर यदि कहिलेकाहीं पार्टी वा भोजमा मात्र मासु खाने गर्नुभएको छ भने तपाईंले झनै ध्यान पुर्याउनुहोस् । किनकी तपाईंको पाचन शक्ति त्यति धेरै शक्रिय नहुन सक्छ ।

कस्तो मासु खाने ?

चाडबाडमा मासु खानै नहुने भन्ने होइन । कस्तो मासु खाने, कति र कसरी खाने भन्नेले अर्थ राख्छ । रातोभन्दा सेतो मासु खान उपयुक्त हुन्छ । रातो मासु खानै हुँदैन भन्ने होइन तर मात्रा मिलाएर खान जान्नुपर्छ । मासुका लागि उपयुक्त पशु तथा पन्छीको उल्खिित अंग नखाँदा स्वास्थ्यका लागि उपयुक्त हुन्छ ।

खान नहुने मासु

–मुटु ।
–कलेजो ।
–मिर्गौला ।
–आँखा ।
–रगत ।

ध्यान दिनुपर्ने कुराहरु

–हरियो–कालो फिक्का देखिने दुर्गन्ध आउने मासु खरिद नगर्ने/नखाने
–छाला भएको मासु प्रयोग नगर्ने
–फ्रिजमा माइनस १८–३० डिग्री सेल्सियससम्म तापक्रममा भण्डारण गर्ने
–पकाएको मासु फ्रिजमा राख्ने र खाने बेलामा दोस्रो पटक नतताउने
–पोलेर, भुटेर, तारेर वा डढाएर खाँदा रोग निम्त्यने खतरा हुन्छ
–मासुसँगै हरियो तरकारी, सागसब्जी र गेडागुडी खाने
–गुणस्तरयुक्त खानेतेल र मसला प्रयोग गर्ने

यस्तै धेरै दिनसम्म राखेर बासी मासु प्रयोग गर्नु हुँदैन । अन्य खाद्य पदार्थको तुलनमा मासुमा छिटो बाहिरी संक्रमण हुने भएकाले आज पकाएको मासु आज नै खानुपर्छ वा आश्यकता अनुसार मात्र मासु पकाउने खाने गर्नुपर्छ ।

मासुसँग मदिराको प्रयोग

दशैंलाई मासु र मदिराको चाडको रुपमा पनि लिइन्छ । मासु र मदिराविनाको चाडबाड खल्लो हुने समेत भन्ने गरिन्छ । तर मदिरा अत्याधिक सेवनले निकै असर गर्छ । दशैंमा चिल्लो, बोसोयुक्त लगायत खानेकुराहरु खाइएको हुन्छ ।

यस्तोमा हाम्रो मृगौलालाई काम गर्न गाह्रो भइरहेको हुन्छ । त्यसमाथि हामीले मदिरा सेवन गर्नाले मृगौलामाथि थप भार पर्न जान्छ । यसले मृगौलामा अनेकौं किसिमका रोगहरु निम्तिने गर्छन् । त्यसैले क्षणिक रमाइलोका लागि दीर्घकालीन रोग निम्ताउनु भन्दा समयमै ख्याल गर्नु राम्रो हुने चिकित्सकहरु सुझाउँछन् ।

उमेर अनुसार कति मासु खाने ?

डाइजेस्टिभ पावर खासगरी व्यक्तिको उमेर र शारीरिक सक्रियताअनुसार फरक पर्छ । उमेरलाई तीन वर्गमा विभाजन गरेर हेर्न सकिन्छ । १० वर्ष आसपास उमेरसमूहका व्यक्तिको डाइजेस्टिभ पावर कमजोर हुन्छ । त्यसैले यो उमेरका व्यक्तिले मासु धेरै खानु हुँदैन । यस्तै ६० वर्ष उमेर पार गरिसकेका व्यक्तिको डाइजेस्टिभ सिस्टम नै खराब भइसकेको हुन्छ । यो उमेरका व्यक्तिले त मासु छोडेकै उत्तम हुन्छ । १५–५० वर्ष उमेर समूहका व्यक्तिले आफ्नो पाचन क्षमतामा ख्याल गरेर मासु खानुपर्छ । फरक–फरक व्यक्तिको पाचनक्षमता बढी हुन सक्छ ।
मृगौला रोगी, कोलस्ट्रोल, युरिक एसिड र रगतमा चिल्लो मात्रा बढी भएकाले रातो मासु खाँदै नखाँदा राम्रो हुन्छ ।

खाने परिकारसँगै स्वच्छ बानी ब्यहोरा पनि आवश्यक छ । सरसफाई, आवश्यक शारिरीक व्यायाम पनि नियमित गर्नुपर्छ । चाडपर्वका वेला काम नहुने वा विदा हुने भएकाले पनि धेरै एकैठाउँ बसिरहने तर खानेकुरा धेरै खाने गर्नाले पाचन प्रणालीमा नकारात्मक असर पर्दछ । त्यसैले यस्ता कुरामा पनि ध्यान दिनुपर्छ ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको