जुनसुकै आरोपमा पक्राउ परेका ब्यक्ति भएपनि पद र पेशा नहेरी अनुसन्धान गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दबाबमा नपरी निष्पक्ष अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालयमा आयोजित ६४ औं प्रहरी दिवसको कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘प्रहरीले अनुहार नहेरी कानूनको पालना गर्न गर्नुपर्छ । कुन पार्टी सरकारमा छ, कुन बाहिर छ, प्रहरीले वास्ता गर्नु पर्दैन । कुन पदको, कसले अपराध गर्यो, त्यो पनि प्रहरीले मतलब गर्नुहुन्न ।’

जुनसुकै आरोपमा पक्राउ परेका ब्यक्ति भएपनि उसको पद र पेशा नहेरी दत्तचित्त भएर अनुसन्धान गर्न प्रधानमन्त्री ओलीको निर्देशन थियो ।

नेपालको सुरक्षा निकाय अन्तर्राष्ट्रियस्तरमै आफनो छबी कायम राख्न सफल भएको दावी पनि उनले गरे । प्रधानमन्त्री ओलीले देशमा शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।

हिंसाका पक्षधरहरुको मौलिक हक नहुने भन्दै त्यस्ता गतिविधिमा लाग्नेलाई कारबाही गर्न उनले नेपाल प्रहरीलाई निर्देशन दिए ।

सिफारिस

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुन गइरहेको २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको राष्ट्रिय झण्डा फहराउन जाने...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

भर्खरै

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

धेरै पढिएको