रामेछाप घर भएका सेनाका जवानले गरे आफैँलाई गोली हानेर प्राण त्याग

रामेछाप घर भएका सैनिक जवानले महोत्तरीमा आफैँलाई गोली प्रहार गरेका छन्। गोली प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

जलेश्वर नगरपालिका- ९ स्थित रणभिम गण पर्कौली ब्यारेकमा कार्यरत्त सैनिक जवान २३ वर्षीय अमिर तामाङले आफैँलाई गोली प्रहार गरेका हुन्। तामाङले ५.५ मिनि इन्सास हतियारबाट आफ्नै दाँया कन्चटमा गोलि प्रहार गरी आत्महत्या गरेका प्रहरीले जनाएको छ।

रामेछाप लिखु गाउँपालिका- ५ घर भएका तामाङ हाल आफ्ना बुवासँगै महोत्तरीमा बस्दै आएका थिए। उनका बुवा सोमबहादुर तामाङ पनि सैनिक जवान नै भएको प्रहरीले जानाएको छ।

अमिरले बुधबार बिहान पौने ६ बजे आफैंलाई गोली प्रहार गरेका जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। मृतक अमिरका बुवा सोमबबहादुर सोहि गणमा पेरीमिटर पोष्टमा डिउटीमा रहेका बेला तामाङले आफैँलाई गोली हानेका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट प्रहरी टोली घटनास्टोलि पुगेको छ। तमाङले आत्महत्या गर्नुको कारण खुलेको छैन। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको