कस्ता व्यक्तिले कोरोनाविरुद्धको खोप लगाउन हुँदैन ?

काठमाडौं – देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने ? आमसर्वसाधारणमा अन्योलता छाएको छ । केही खोप केन्द्रहरूले उमेर मात्रै सोधेर खोप उपलब्ध गराउने गरेको समेत पाइएको छ । केही खोप केन्द्रहरूमा खोप लगाएका सर्वसाधारणको विस्तृत विवरण नराखिएको देखिएको छ ।

खोप लगाउनुअघि आफ्नो रोग र आफूले सेवन गरिरहेको औषधिबारे स्वास्थ्यकर्मीलाई जानकारी गराउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, सो विषय पूर्ण कार्यान्वयन हुन नसकेको पाइएको छ ।

सशस्त्र प्रहरी बल अस्पताल बलम्बुमा बुधबार खोप लगाउन पुगेकी २८ वर्षीय शारदा कुवँरले भनिन्, ‘खोप लगाउने क्रममा मलाई उमेर सोध्नुभयो अरू केही सोध्नुभएन अनि लगाइहाले ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना केन्द्रका अनुसार खोपको पहिलो मात्रा लगाएपछि एनाफाइलेक्सिस प्रतिक्रिया (गम्भीर एलर्जी) भएको व्यक्तिले खोप लगाउन मिल्दैन । यस्तै, यो खोपको कुनै तत्वबाट गम्भीर प्रकारको प्रतिक्रिया वा एनाफाइलेक्सिस भएको व्यक्तिले पनि कोरोनाविरुद्धको खोप लगाउन मिल्दैन ।

स्वास्थ्य मन्त्रालयका अनुसार पहिला अन्य कुनै खोप, सुई, औषधि वा खानेकुराबाट गम्भीर प्रकारको प्रतिक्रिया भएको व्यक्ति, हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको व्यक्तिले निको नहुन्जेल खोप लगाउन मिल्दैन । कोभिड–१९ का लागि मोनोक्लोनल एन्टिबडी वा कन्भाल्सेन्ट प्लाज्मा थेरापी उपचार विधि अपनाएका व्यक्तिले ९० दिनपछि खोप लगाउन मिल्ने केन्द्रले जारी गरेको सूचनामा भनिएको छ ।

यस्तै, कोरोना संक्रमितले संक्रमणमुक्त भएको ३० दिनपछि खोप लगाउन मिल्ने स्वास्थ्य मन्त्रालयले बताएको छ । १८ वर्षभन्दा कम उमेरका व्यक्तिमा पनि खोप प्रयोगमा आएको छैन । हालसम्म नेपालमा कोभिसिल्ड, भेरोसिल प्रयोगमा आएको छ भने जोनसन एन्ड जोनसनको खोप प्रयोगमा आउने क्रममा छ । हालसम्म ११ लाख बढी नागरिकले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाइसकेका छन् । समाचार आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको