ओलीका मुख्य सल्लाहकारबाट बिदा लिँदै रिमालले निकाले यस्तो भावुक वक्तव्य

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले जिम्मेवारबाट बिदा लिएका छन्। बिहीबार वक्तव्य जारी गर्दै उनले नयाँ सरकार गठन भएसँगै आफूले मुख्य सल्लाहकार पदबाट बिदा लिएको जानकारी दिएका हुन्।

४० महिनाभन्दा बढी मुख्य सल्लाहकार भएर काम गर्दा आफूले आफूसँग कुनै साइनो–सम्बन्ध नभएका अफवाहको सिकार पनि हुनुपरेको उनले गुनासो गरेका छन्। साथै यस्तो अमानवीय अवस्थाको सिकार अरूले हुन नपरोस् भनेर उनले कामनासमेत गरेका छन्।

‘शासन सत्तामा संलग्नहरू अडानमा रहँदा उनीहरूलाई कमजोर पार्न परिवारका सदस्यहरूमाथि निसाना साँध्ने कथा यदाकदा सुनेकै हो। तिनका परिवारजनहरू एउटा नीति कथामा बाघले ‘पाठाको सिकार’ गर्न ‘…तैंले नभए तेरो बाबुले पानी धमिल्याएको होला..’ भनेझैं आफूसँग कुनै पनि साइनो–सम्बन्ध नभएको अफवाहका सिकार बनाइँदारहेछन्,’ रिमालले भनेका छन्, ‘योजनाबद्ध ढंगले सोसल मिडिया तथा अनलाइनहरूमार्फत चलाइएका यस्तै अफवाहहरूबाट म आफू आक्रान्त हुन परे पनि ममाथि लक्षित आक्रमणमा संलग्नहरूले मात्र हैन, कसैले पनि त्यस प्रकारको अमानवीय अवस्थाको सामना गर्न नपरोस्, कामना गर्दछु।’

विष्णु रिमालको बिदाइ वक्तव्य जस्ताको तस्तै–

हार्दिक आभार!
सम्मानित सर्वोच्च अदालतको परमादेशबाट २०७८ असार २९ गते नयाँ सरकारको गठनसँगै सम्माननीय प्रधानमन्त्रीको मुख्य सल्लाहकारको जिम्मेवारीबाट बिदा भएको छु। दोस्रोपटक यस जिम्मेवारीमा १,२३७ दिन अर्थात् ४० महिनाभन्दा बढी काम गर्ने मौका पाएँ। राजनीतिमा संलग्न मजस्ता जो कोहीका लागि पनि यो अवसर शासन प्रणाली तथा सरकार सञ्चालनका कतिपय विषयमा जान्ने, बुझ्ने र गच्छेले भ्याएसम्म योगदान गर्न विरलै प्राप्त हुने क्षण थियो। यस्तो महत्वपूर्ण भूमिकामा मलाई योग्य ठानी मौका दिनुभएकोमा म पार्टी अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूप्रति हार्दिक आभार व्यक्त गर्दछु।

यो जिम्मेवारी एउटा ‘राजनीतिक नियुक्ति’ मात्रै नभएर आफैंमा एउटा सार्वजनिक पद थियो। त्यसैले जिम्मेवारी निर्वाह गर्ने क्रममा प्राप्त प्रशंसा होस् वा आलोचना दुवैलाई मैले सहज ग्रहण गरें। यद्यपि वैचारिक वा दलीय आबद्धताका कारणले कतिपय सन्दर्भमा तथ्यबाट धेरै पर गएर गरिएका अस्वस्थ आक्रमण र अभद्र टिप्पणीले भने मलाई पनि अरूहरूलाई झैं नमिठोसँग घोचिररहे।

आफ्नो ‘शीरमाथिको आकास’ ओगेट्ने क्रममा नेपाल सरकारका मुख्य सचिवदेखि सचिव तथा समग्र कर्मचारी साथीहरू, सुरक्षा निकाय अनि संवैधानिक अंगका जिम्मेवारहरूबाट प्राप्त साथ र समझदारी सदा स्मरणीय रहनेछन्। म उहाँहरू सबैलाई धन्यवाद भन्न चाहन्छु।

प्रधानमन्त्री संस्थासँग जोडिएका निजी सचिवालय, स्वकीय सचिवालय र सल्लाहकार तथा विज्ञ समूहको फरकफरक सीमा र भूमिका हुने विषय स्पष्ट पार्न मैले पटकपटक प्रयास गरें। ‘सञ्चार सीप’मा रहेको कमीका कारणले हुनसक्छ– फेरि पनि धेरैभन्दा धेरै पार्टीका साथीहरू, विद्वत् वर्ग तथा आम नेपाली दिदीबहिनी-दाजुभाइहरूले सम्माननीय प्रधानमन्त्रीज्यूुसँग प्रत्यक्ष संवाद गर्न आफ्ना माग तथा गुनासा राख्न मलाई माध्यम बनाउन खोज्नुभयो। तर मेरो सीमाभन्दा बाहिरका परिस्थितिजन्य कारणबाट फेरि पनि कहीं कतै असुविधा पुगेको भए म दुःखी छु।

हामीले पटकपटक ‘ढलेको सरकार दामी र बितेका नेता नामी’ ठान्ने प्रचलन देख्दै-भोग्दै आएका छौं। हाम्रो नेतृत्वको सरकारले कति काम गर्यो, गरेन? गर्न सक्यो वा सकेन।।।यी विषयमा बहस होलान्। विश्लेषण गरिएलान्। यस सन्दर्भमा मेरो यत्ति मात्र भनाइ छ– चालिस महिना पहिलेको हाम्रावरिपरिका परिवेश हेरौं। तपाईं(हाम्रा सहररबस्तीमा भूकम्पले लडाएका संरचना उस्तै छन् या निर्माण भए? सडक(राजमार्गहरूका हालत उस्तै छन् वा फेरिए? खेतीपाती र सिँचाइ, खानेपानी र सरसफाइका अवस्था जहाँको तहीँ छन् या फेरिए? ज्यालाजीवीहरूको पारिश्रमिक जहाँको तहीँ रहे वा वृद्धि गरिए? सामाजिक संरक्षणका कामहरू उकाले लागे या ओह्रालो लागे? चालिस महिनाको अवधिमा १३र१४ महिनापछि सत्ताधारी दलभित्र सुरु गरिएको कचिङ्गल र कचिङ्गलबीच ‘देशभित्र र बाहिर’बाट सिर्जित अवरोध, निजी स्वास्थ्यसँग पनि जुझ्दै, कोभिड महामारीसँग पनि लड्दै एउटा प्रधानमन्त्रीले यस अवधिमा गर्न सक्ने काम कति हुन सक्थ्यो होला?…विनापूर्वाग्रह एकचोटि स्मरण गर्नुहोस्, अनि ‘ताली वा गाली’ के गर्नुपर्ने हो, गर्नुहोस् भन्ने आग्रह गर्न चाहन्छु।

शासन सत्तामा संलग्नहरू अडानमा रहँदा उनीहरूलाई कमजोर पार्न परिवारका सदस्यहरूमाथि निसाना साँध्ने कथा यदाकदा सुनेकै हो। तिनका परिवारजनहरू एउटा नीतिकथामा बाघले ‘पाठाको सिकार’ गर्न ‘…तैंले नभए तेरो बाबुले पानी धमिल्याएको होला…’ भनेझैं आफूसँग कुनै पनि साइनो–सम्बन्ध नभएका अफवाहका सिकार बनाइँदारहेछन्। योजनाबद्ध ढंगले सोसल मिडिया तथा अनलाइनहरूमार्फत चलाइएका यस्तै अफवाहहरूबाट म आफू आक्रान्त हुन परे पनि ममाथि लक्षित आक्रमणमा संलग्नहरूले मात्र हैन, कसैले पनि त्यस प्रकारको अमानवीय अवस्थाको सामना गर्न नपरोस्, कामना गर्दछु।
धन्यवाद!!!

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको